२०८१ कार्तिक २ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

झापाका डा. बाराकोटी १२ औँ तहमा बढुवा


बिर्तामोड, चैत १३ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले झापाका चिकित्सक डा. टंक बाराकोटीसहित डा. विकास देवकोटालाई १२ औँ तहमा बढुवा गरेको छ ।

मन्त्रालयको रिक्त रहेको १२ औँ तहमा उनीहरु बढुवा भएका हुन् । सरकारले उनीहरुलाई १२ औँ तहको अतिरिक्त सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका एक कर्मचारीका अनुसार मन्त्रिपरिषदको बैठकले केही समयअघि बढुवा सिमितिले सिफारिस गरेका तीनजनामध्ये डा. बाराकोटी र डा. देवकोटालाई बढुवा गर्ने निर्णय गरेको जानकारी दिए ।

मन्त्रालयको रिक्त १२ औँ तहका लागि २१ जनाले आवेदन दिएका थिए । तीमध्ये बढुवा समितिले डा. देवकोटा, डा. बाराकोटी र डा. श्रीकृष्ण श्रेष्ठको नाम सिफारिस गरेको थियो ।

१२ औँ तहमा बढुवा भएकामध्ये डा. बाराकोटी प्रदेश अस्पताल भद्रपुरमा कार्यरत छन् भने डा. देवकोटा हाल लुम्बिनी स्वास्थ्य मन्त्रालयको सचिवका रुपमा कार्यरत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer