२०८१ बैशाख ७ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

बुट्टाबारी-प्याकुरेलचोक सडक दुई वर्षभित्र बन्ने सम्झौता, लागत सवा ५१ करोड


बिर्तामोड, जेठ २ । बिर्तामोड नगरपालिकाको नगर गौरवको आयोजनाका रुपमा रहेको बुट्टाबारी-प्याकुरेलचोक सडक खण्डको स्तरोन्नतिका लागि शिलान्यास भएको छ ।

बुट्टाबारीमा आज आयोजित एक समारोहका बीच ६ दशमलव २ किलोमिटर लम्बाई रहेको सडकको शिलान्यास भएको हो ।

कार्यक्रमकी प्रमुख अतिथि नगरप्रमुख पवित्रादेवी महतारा प्रसाईंले सडक शिलन्यास गर्दै सो सडक नगर गौरवको आयोजनाका रुपमा रहेको बताइन् ।

विश्व बैंकको ५१ करोड २९ लाख ६१ हजार ३७२ रुपैयाँको लागतमा निर्माण हुने सो सडक दुई वर्षभित्र सम्पन्न गर्ने सम्झौता भएको छ ।

१२ मिटर चौडाई रहेको यो सडकलाई ७ मिटरमा कालोपत्रे गरिने बताइएको छ । सडकको दुवतर्फ पक्की नाला, सडकबत्ती, गार्डेन र फुटपाथ निर्माण गरिनेछ ।

सडक निर्माणका लागि आरपी स्याप समता जेभीले ठेक्का पाएका छन् भने परामर्श दाताका रुपमा डिभी मल्टिसिल्ट उदयगंगा रिदाग आरसी जेभी रहेका छन् । सडकले बिर्तामोड ६, ७ र ८ नम्बर वडा जोड्दै सदरमुकाम चन्द्रगढी जान सहज हुनेछ ।

शिलन्यास कार्यक्रममा सडकको विषयमा नगरपालिकाका इन्जिनियर नरेन्द्र श्रेष्ठले प्रकाश पारेका थिए ।

बिर्तामोड नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष सूर्य कन्दङवाको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगरपालिकाका निर्वतमान प्रमुख ध्रुबकुमार शिवाकाटी, नेकपा एमालेका बिर्तामोड नगर कमिटी अध्यक्ष सुवास भट्टराई, राप्रपाका जिल्ला उपाध्यक्ष ध्रुव उप्रेती, नेकपा माओवादीका जेबी जवेगू लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले स्वागत गरेको कार्यक्रमको सञ्चालन नगरपालिकाका वरिष्ठ योजना अधिकृत जय तिम्सिनाले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer