२०८१ बैशाख १२ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

भारतीय पर्यटक भित्र्याउन नेपाल प्रबर्द्धन कार्यक्रम हुँदै


बिर्तामोड, जेठ ७ । भारतका विभिन्न तीन सहरमा ‘नेपाल प्रबर्द्धन कार्यक्रम २०२३’ हुने भएको छ ।

कोशी प्रदेशसहित नेपालमा भारतीय पर्यटक भित्र्याउने उद्देश्यसहित तीन सहरमा कार्यक्रम हुन लागको हो ।

नेपाल पर्यटन बोर्डको आयोजना तथा नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) कोशी प्रदेशको सहआयोजनामा जेठ ८ गतेदेखि १३ गतेसम्म भारतको सिलिगुढी, असमको गुवहाटी र मेघालयको सिलोंगमा नेपाल प्रबर्द्धन कार्यक्रम गरिन लागिएको बिर्तामोडमा पत्रकार भेटघाट गरेर जानकारी दिइयो ।

नेपाल पर्यटन बोर्डका सेल्स एन्ड मार्केटिङ म्यानेजर सूर्य थपलियालका अनुसार भारतीय पर्यटकहरु कोशी प्रदेशसहित देशमा भित्र्याउने उद्देश्यले कार्यक्रम गर्न लागिएको हो ।

भारतको सिलिगुढी, असमको गुवहाटी र मेघालयको सिलोंगमा रहेका ट्राभल एजेन्सी, ठुला होटल सञ्चालक, कर्मचारी, विभिन्न व्यवसाय, शिक्षा, स्वास्थ्य क्षेत्रमा आबद्ध व्यक्तिहरुसँग बिजनेस टु बिजनेस कार्यक्रम गरिने नाटा कोशी प्रदेश अध्यक्ष उदयकुमार श्रेष्ठले बताए ।

कोशी प्रदेश तथा नेपालमा बढीभन्दा बढी भारतीय पर्यटक भित्र्याउन उनीहरुलाई नेपाल घुम्न आउन प्रेरित गर्न कार्यक्रमको आयोजना गर्न लागिएको उनले बताए ।

कार्यक्रममा नेपाल टुरिजम बोर्डका अधिकृत गोपाल भण्डारी, नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स लगायत सहभागि हुनेछन् ।

भारतीय पर्यटकलाई कोशी प्रदेशमा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रका विषयमा जानकारी प्रदान गर्दै उनीहरुलाई ती क्षेत्र घुम्न आग्रह गर्ने नाटा कोशी प्रदेशका महासचिव नविन खरेलले जानकारी दिए ।

उनले व्यवसायीले भोग्नु परेका आर्थिक कठिनाइलाई केही सहज हुने अपेक्षासहित कार्यक्रम गर्न लागिएको बताए । नाट्टा कोशी प्रदेशका सल्लाहकार शेखर ढकाल लगायतले आफ्नो धारणा राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer