२०८१ बैशाख १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोड-इलामको भाडा रु ४२५, बढी लिए खबर गर्न प्रहरीको आग्रह


बिर्तामोड, जेठ ११ । जिल्ला प्रहरी कार्यालय इलामले सार्वजनिक यातायातले यात्रुबाट तोकिएभन्दा बढी भाडा लिए तुरुन्त प्रहरीलाई खबर गर्न आग्रह गरेको छ ।

कार्यालयद्वारा एक सूचना निकालेर यात्रुलाई सो आग्रह गरिएको हो । झापाको बिर्तामोडदेखि इलाम बजारसम्मको र इलाम बजारदेखि बिर्तामोडसम्मको भाडादर ४२५ रुपैयाँ तोकिएको छ ।

सोभन्दा बढी भाडा लिए प्रहरीलाई जानकारी गराउन प्रहरीले आग्रह गरेको छ । जानकारी पाउनसाथ त्यस्ता सवारीसाधनलाई कारबाही गरिने प्रहरीले निकालेको सूचनामा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer