२०८१ बैशाख १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

जिल्ला सहकारी संघले माग्यो प्रशासनसमक्ष शान्ति-सुरक्षा


बिर्तामोड, जेठ १४ । झापा जिल्ला सहकारी संघ लिमिटेडले जिल्ला प्रशासन कार्यालयसमक्ष शान्ति-सुरक्षाको माग गरेको छ ।

झापामा रहेका सहकारी संघसंस्था र लघुवित्त सेवा प्रदायक संघसंस्था माथि विभिन्न अराजक व्यक्ति तथा समूहले भौतिक आक्रमण गर्ने, कर्मचारीहरुलाई हातपात गर्ने र कार्यालय तोडफोड गर्ने गराउने जस्ता क्रियाकलापहरु सञ्चालन गर्ने गरेको भन्दै संघले सुरक्षा माग गरेको हो ।

त्यस्तै, त्यस्ता व्यक्ति तथा समूहलाई कानुनी दायरामा ल्याई अविलम्ब कारबाही प्रक्रिया अघि बढाउन संघले आग्रह गरेको छ ।

सहकारी समस्या समाधान सहजीकरण कार्यदलको आज बिर्तामोडमा बसेको बैठकले प्रशासनलाई सुरक्षा व्यवस्था मिलाउन अनुरोध गरिएको संयोजक गणेश ढकालले जानकारी दिए ।

संघको एक टोलीले आजै झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेललाई सुरक्षा माग गर्दै ज्ञापनपत्र समेत बुझाएको छ ।

संघका अध्यक्ष ढकालको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष महेन्द्रकुमार गिरी, सचिव भवानी दंगाल, सहसचिव कृष्ण मिश्र लगायतले प्रशासनलाई ज्ञापनपत्र बुझाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer