२०८१ बैशाख १२ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

कोशी प्रदेश फुटबल संघको अध्यक्षमा राई


बिर्तामोड, जेठ १४ । कोशी प्रदेश फुटबल संघको अध्यक्षमा किशोर राई सर्वसम्मत निर्वाचित भएका छन् ।

यसअघि तदर्थ समितिको अध्यक्ष रहेका राई धरानको बुढासुब्बा गोल्डकपका संस्थापक हुन् । संघको प्रथम अधिवेशनले राईलाई निर्विरोध अध्यक्ष चयन गरेको हो ।

संघको उपाध्यक्षमा मणिकुमार लिम्बू, समिर राई, सफल किरात, खड्कबहादुर श्रेष्ठ, शिव न्यौपाने र कविरमान तुम्बापो चयन भएका छन् ।

त्यस्तै, सदस्यमा लक्ष्मीप्रसाद काफ्ले, मनेश दाहाल, शम्भु प्रधान, महानन्द भक्तराज, रञ्जन कार्की, शारदा लिम्बू, रसिन तामाङ, अनुरोध थापा क्षेत्री, हिमाल थापा मगर, प्रेमप्रसाद तामाङ, कुवेर आङदेम्बे लिम्बू र गोकर्ण भट्टराई चयन भएका छन् ।
उपाध्यक्ष र सदस्य पनि सर्वसम्मत चयन भएका हुन् । संघको विधानअनुसार महासचिव र कोषाध्यक्ष पनि आगामी बैठकले चयन गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer