२०८१ बैशाख ७ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

झापा जिल्ला बेसबल तथा सफ्टबल अध्यक्षमा खेम


बिर्तामोड, जेठ १७ । झापा जिल्ला बेसबल तथा सफ्टबल संघको अध्यक्षमा खेम अधिकारी चयन भएका छन् ।

आज झापा भद्रपुरस्थित मेची रंगशाला परिसरमा रहेको भद्रपुर झापा गोल्डकपको सचिवालयमा भएको भेलाले अधिकारीको अध्यक्षतामा १२ सदस्यीय समिति चयन भएको हो ।

संघको उपाध्यक्षमा विनित बास्तोला, महिला उपाध्यक्षमा चित्रकला दाहाल, सचिवमा पंकज सिग्देल र कोषाध्यक्षमा भीष्म दाहाल चयन भएका छन् ।

त्यस्तै, सदस्यहरुमा जिवेश ओली, गीता खड्का, अतीत खनाल, नविन श्रेष्ठ, रोहित राजवंशी, विपिन कार्की र दिलकुमार भूजेल चयन भएका छन् ।

कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष दिपक न्यौपाने, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी, तेह्रथुम जिल्ला अध्यक्ष राजेन्द्र बराल लगायतले नवगठित कार्यसमितिलाई शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रमको सञ्चालन कराते प्रशिक्षक दुर्गाराज निरौलाले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer