२०८१ बैशाख १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

अरिदमन गणको अगुवाइमा विपद् व्यवस्थापनको नमुना अभ्यास


बिर्तामोड, जेठ १९ । अरिदमन गण चारआली ब्यारेकको आयोजनामा सामुदायिक विपद् व्यवस्थापन नमुना अभ्यास कार्यक्रम झापाको अर्जुनधारामा सम्पन्न भएको छ ।

जिल्ला प्रशासन कार्यालय झापा, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाल रेडक्रस सोसाइटी झापाको सहकार्यमा आयोजित उक्त अभ्यास अर्जुनधारा ९ स्थित सुखानी सहिद स्मृति उद्यानमा रहेको भीमसेन पोखरीमा भएको हो ।

विपद् पश्चातको खोज उद्धार र पुनस्र्थापनामा आधारित विभिन्न क्षेत्रमा कार्यरत व्यक्ति र जनसमुदालाई विपद् सम्बन्धी जनचेना फैलाउने उद्देश्यले उक्त अभ्यासको आयोजना गरिएको हो गणका सेनानी अभिषेक बिष्टले जानकारी दिए ।

अभ्यासअन्र्तगत विपद् पश्चात खोजी तथा उद्धार सम्बन्धी तीनवटा प्रदर्शन र नेपाल रेडक्रस सोसाईटी झापा शाखाले घाइतेहरुको उपचार र राहत वितरण सम्बन्धी प्रदर्शन गरेको थियो ।

प्रमुख जिल्ला अधिकारी एवम् विपद् व्यवस्थापन समिति झापाका अध्यक्ष शिवराम पोखरेलको अध्यक्षतामा आयोजित कार्यक्रममा नम्बर २१ बाहिनीका बाहिनीपति सहायक रथी धनबहादुर थापा, अरिदमन गणका गणपति प्रमुख सेनानी इमेशमेहर श्रेष्ठ, सशस्त्र प्रहरी उपरीक्षक देवराज अर्याल, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक खगेन्द्र रिजाल, राष्ट्रिय अनुसन्धानका तुलसी प्रसाईं, नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकाल, अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङलगायतको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer