२०८१ बैशाख २६ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

कप्तान रुविना, खेल पत्रकार लिम्बूसहित चार प्रतिभा सम्मानित


मेचीनगर, असार २९ । भानु जयन्तीको अवसर पारेर नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी कप्तान रुविना क्षेत्रीसहित चार विधाका प्रतिभालाई सम्मान गरिएको छ ।

भानु साहित्यिक प्रतिष्ठानले २१०औँ भानु जयन्तीको अवसरमा आज काँकरभिट्टामा आयोजित कार्यक्रमका बीच उनीहरुलाई पुरस्कृत र सम्मान गरेको हो ।

कप्तान रुविनासहित, नेपाल खेलकुद पत्रकार मञ्च झापाकी सहसचिव भूमिका फियाक लिम्बू, साहित्यकार लक्ष्मी अच्युत ढुंगाना र ज्येष्ठ नागरिक वडा समिति मेचीनगर–६ लाई नगदसहित सम्मान गरिएको हो ।

मेचीनगर निवासी कप्तान क्षेत्री र खेल पत्रकार लिम्बूलाई भानु प्रतिभा पुरस्कारबाट सम्मान गरिएको थियो । क्षेत्रीलाई २१ हजार र लिम्बूलाई ११ हजार नगद पुरस्कारसहित सम्मान गरिएको हो ।

प्रतिष्ठानका कार्यावाहक अध्यक्ष डिल्लीराम घिमिरेका अनुसार क्षेत्रीलाई नेपाली खेलकुद क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै र लिम्बूलाई सञ्चार क्षेत्रमार्फत समाज परिवर्तनमा भूमिका खेलेको भन्दै सम्मान गरिएको हो ।

त्यस्तै, प्रतिष्ठानले हेमराज–मेदनी खरेल पुरस्कारबाट साहित्यकार लक्ष्मी अच्युत ढुंगानालाई सम्मान गरेको छ । ज्येष्ठ नागरिक वडा समिति मेचीनगर–६ लाई कृष्ण–पवित्रा उप्रेती प्रतिष्ठान पुरस्कारबाट सम्मान गरियो । दुवै पुरस्कारको राशि ११ हजार रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer