२०८२ जेठ २८ बुधबार
Jhapa Today
Adv top

सर्पको टोकाइबाट कसरी जोगिने, टोकिहाले के गर्ने?


बिर्तामोड, साउन ३ । अन्य मौसममा भन्दा वर्षातको समयमा सर्पको बिगबिगी बढी हुन्छ । यो बेला सर्पहरु जमिन माथि आएका हुन्छन् र मानिससँग भेट हुने भएकाले डस्न पुग्छन् ।

सर्पको टोकाइबाट जोगिन के गर्ने?

राति हिँडनुपरे टर्च लाइट लिएर हिँड्ने,
जुत्ता वा गमबुट लगाउने
खुट्टा राम्ररी छोप्ने बाक्लो प्यान्ट लगाउने
घर वरपरको घाँस झारपात काटेर सफा राख्ने
जमिनका दुलाहरू टाल्ने
पराल, दाउरा आदि लिन जाँदा होशियारी अपनाउने
सुत्नुअघि ओछ्यान, खाटमुनि र वरपर राम्ररी हेर्ने,
सधैँ झुल टाँगेर सुत्ने

सर्पले टोकिहाले के गर्ने?

डसेको ठाउँलाई चल्न नदिई स्थिर राख्ने
सर्पले टोकेको ठाउँमा काट्ने चुस्ने, बाँध्ने नगर्ने
मलम, रसायनिक पदार्थ तातो चिसो प्रयोग नगर्ने
बिरामीको आत्मविश्वास कायम राख्ने
धामी झाँक्रीतिर नलाग्ने
विष सोस्ने ढुंगाको पछि नलाग्ने
सम्भव भएसम्म डस्ने सर्पको पहिचान गर्ने तर नमार्ने
जतिसक्दो चाँडो अस्पताल वा सर्प उपचार केन्द्र पुर्याउने
-स्वास्थ्य मन्त्रालय

Adv footer