२०८२ जेठ २९ बिहीबार
Jhapa Today
Adv top

एनसिडिए झापाद्वारा बुद्धशान्तिमा पानीको धारा हस्तान्तरण


मेचीनगर, साउन ८ । नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) झापाले बुद्धशान्तिमा पानीको धारा हस्तान्तरण गरेको छ ।

संघले एक कार्यक्रमको आयोजना गरेर आज बुद्धशान्ति वडा नम्बर ५ मा हालै निर्माण भएको ज्येष्ठ नागरिक चौतारीका लागि खानेपानीको धारा निर्माण गरी हस्तान्तरण गरेको हो ।

ज्येष्ठ चौतारीमा आउने ज्येष्ठ नागरिकहरुलाई खानेपानीको अभाव नहोस् भनेर संघका अध्यक्ष गौतम गुप्ताको अगुवाइमा धारा जडान गरिएको संघका महासचिव जीवनकुमार खड्काले जानकारी दिए ।

सहारा नेपाल ज्येष्ठ नागरिक चौतारी निर्माण समितिकी अध्यक्ष इन्दिरा रिजालको अध्यक्षतामा भएको कार्यक्रममा संघका अध्यक्ष गुप्ता, वडा अध्यक्ष डेगेन्द्र कार्की लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन संघका सदस्य तथा समितिका सचिव सुरेश खतिवडाले गरेका थिए ।

Adv footer