२०८१ बैशाख २२ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

गोमेन्द्र र कनकाई टि-१० क्रिकेटको क्वार्टर फाइनलमा


मेचीनगर, भदौ १९ । बिर्तामोडको गोमेन्द्र बहुमुखी क्याम्पस र कनकाई क्याम्पस काँकरभिट्टामा जारी अन्तर कलेज टि-१० क्रिकेट प्रतियोगिताको क्वार्टर फाइनलमा प्रवेश गरेका छन् ।

आज भएको पहिलो खेलमा कोहेड क्याम्पसलाई ६ विकेटले पराजित गर्दै गोमेन्द्र बहुमुखी क्याम्पस बहुमुखी क्याम्पस र हिमालयन बहुमुखी क्याम्पसलाई ७ विकेटले हराउँदै कनकाई क्याम्पसले अन्तिम आठमा स्थान पक्का बनाएका हुन् ।

कोहेडले टस हारेर पहिलो ब्याटिङ गर्दै निर्धारित १० ओभरको खेलमा सबै विकेट गुमाएर ६२ रनको योगफल तयार पारेको थियो । कोहेडका राजु शाहले १८ रनबाहेक अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन् । गोमेन्द्रका सौगात बरालले ३, विकास साम्पाले २, पर्वत बानले २, प्रकार कटवालले १ विकेट लिएका थिए ।

६३ रनको लक्ष्य पछ्याएर मैदानमा पसेको गोमेन्द्रले ८ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको थियो । गोमेन्द्रका लागि देवन क्षेत्रीले २४ रनको योगदान दिएका थिए ।

कोहेडका सन्दिप कटवाल, अभिकेष तामाङ, सागर शाह र कौशल घिमिरेले समान एकएक विकेट लिएका थिए । खेलको प्लेयर अफ द म्याच गोमेन्द्र बहुमुखी क्याम्पसका विवश साम्सोहाङ घोषित भएका थिए ।

दोस्रो खेलमा हिमालयनले टस हारेर पहिलो ब्याटिङ गर्दै निर्धारित १० ओभरको खेलमा ९ विकेट गुमाउँदै ४६ रनको योगफल तयार पारेको थियो । हिमालयनका नारायण घिमिरेले ८, अंशु लिम्बू र देव थापाले ७-७ रनको योगदान दिएका थिए ।

कनकाईका भीम सिटौला, अभि थापा र मिलन अधिकारीले समान २ तथा सन्तोष कार्की र विपीन कार्कीले एकएक विकेट लिएका थिए ।

४७ रनको लक्ष्य पछ्याएको कनकाईले ३ ओभर १ बलमा ३ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको थियो । कनकाईका प्रज्ज्वल मैनालीले २९ र भीम सिटौलाले १६ रनको योगदान दिएका थिए ।

हिमालयनका विराज राजवंशीले २ र अभिषेक दाहालले १ विकेट लिएका थिए । खेलको प्लेयर अफ द म्याच कनकाईका भीम सिटौला घोषित भएका थिए ।

प्रतियोगिताको आयोजना काँकरभिट्टा बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer