२०८१ बैशाख २३ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

गीतकार थापालाई दार्जिलिङमा ५१ हजारसहित सम्मान गरिने


बिर्तामोड, कात्तिक १२ । अग्रज गीतकार शिवशंकर थापालाई भारतमा विशेष सम्मान गरिने भएको छ ।

सामाजिक संस्था माया तथा सद्भाव फाउन्डेसन नेपाल तथा सिक्किमले वरिष्ठ गीतकार थापालाई यही कात्तिक १९ गते सम्मान गर्ने भएको अध्यक्ष कविता आलेले जानकारी दिइन् ।

झापा बिर्तामोडका स्थायी बासिन्दा थापालाई भारत दार्जिलिङको मिरिकमा भारतीय रुपैयाँ ५१ हजारसहित ताम्रपत्रले सम्मान गर्न लागिएको आलेले बताइन् ।

आधुनिक संगीतका शिखर पुरुष अम्बर गुरुङको शालिक अनावरण कार्यक्रमको दिन थापालाई सम्मान गरिने भएको हो ।

नेपाली गीत लेखन र साहित्यिक क्षेत्रमा थापाले पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै थापालाई सम्मान गर्न लागिएको हो ।

७६ वर्षीय थापाका ‘भन्थिन् मेरी उनी, मेरो पाइला नटेकिदिनू, कुल्चिसकेकी छु, काँडालाई फूल भनेर’, ‘विधवालाई सिन्दूरको रहर, हावासँग बगौँ भन्छ’, ‘मेरो आँखामा हरदिन बादल छाइरह्यो, बिन्ती छ कसैले आँधी ल्याइदेऊ’ लगायत गीत अहिले पनि उत्तिकै सुनिन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer