२०८१ जेठ ६ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

समूह विजेता बन्ने लक्ष्यसाथ नेपाल ओमनसँग खेल्दै


बिर्तामोड, कात्तिक १६ । आइसिसी टि–२० क्रिकेट विश्वकप छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा आयोजक नेपालले आज ओमानको सामना गर्दैछ ।

खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहान ९ बजे सुरू हुनेछ । नेपाल र ओमान दुवै एक खेलअघि नै सेमिफाइनलमा पुगिसकेका छन् ।

आजको खेल जसले जित्यो उ समूह ‘ए’ को विजेता बन्नेछ । फाइनल प्रवेशका लागि उसले समूह ‘बि’ को उपविजेता प्रतिद्वन्द्वी पाउनेछ । नेपाल आज ओमानलाई हराउँदै समूह विजेता बन्ने लक्ष्यमा हुनेछ ।

फाइनल पुग्ने एक टोली सन् २०२४ मा हुने टि–२० विश्वकपमा छनोट हुनेछ । नेपाल र ओमानले यसअघिका खेलमा सिंगापुर र मलेसियालाई हराएका थिए । समान ४ अंक भए पनि ओमान नेट रनरेटमा अगाडि छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer