२०८१ जेठ ६ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

खेर गएको सयपत्री फूलबाट सौन्दर्य सामग्री बनाउन निःशुल्क तालिम दिइने


बिर्तामोड, मंसिर ४ । झापालगायतका क्षेत्रमा उत्पादित सयपत्री फूल बिक्री नभई खेर गएको खबर सार्वजनिक भएपछि वनस्पति विभागले सौन्दर्य सामग्री बनाउनका लागि निःशुल्क तालिम दिने भएको छ ।

विभागले प्रयोग भइसकेका फूल तथा मालालाई पनि फेरि प्रयोग गर्न सकिनेबारे तालिम दिन लागेको हो । फर्मालिन प्रयोग नभएका स्वदेशी सयपत्री बिक्री नभएपछि कुहिएर खेर गएका छन् ।

विभागका अनुसार सयपत्रीका फूलबाट सौन्दर्य सामग्री बनाउन प्रयोग गरिने ल्युटिन निकाल्न सकिन्छ । जसबाट सौन्दर्य सामग्री, क्रिम बनाउन सकिन्छ । त्यस्तै, सयपत्री फूलबाट सुगन्धित तेल र सुगन्धित अगरबत्ती पनि बनाउन सकिने विभागले जनाएको छ ।

विभागले तालिम लिन चाहने इच्छुक संघसंस्था, कम्पनी तथा व्यावसायिक समूहलाई सम्पर्कमा आउन आह्वान गरेको छ । १० जनाजति इच्छुक भएमा तत्काल तालिम सुरु हुने र निःशुल्क तालिम प्रयोगशालामा नै दिइने विभागले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer