२०८० फागुन १८ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

भारतमा हुने ‘कृतज्ञता यात्रा’ मा इस्ट होराइजन गुञ्जिने


मेचीनगर, मंसिर ६ । शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा अब्बल मेचीनगरकै गहना इस्ट होराइजन माध्यमिक विद्यालयले भारतको आन्दा प्रदेशको एक कार्यक्रममा आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर पाएको छ ।

आउँदो डिसेम्बर १, २, र ३ तारिखमा भारतको आन्द्र प्रदेशमा कृतज्ञता यात्रा हुन गइरहेको छ । उक्त कार्यक्रममा नेपालको तर्फबाट इस्ट होराइजनले आफ्नो सांस्कृतिक कला तथा ब्याक्पाइपर ब्यान्ड देखाउने दुर्लभ अवसर पाएको हो ।

भारतको आन्द्र प्रदेश पुटापर्तीमा हुने कार्यक्रममा भाग लिन इस्ट होराइन स्कुलका कक्षा–१ देखि १२ सम्मका ३५ विद्यार्थी र ७ जनाको शिक्षकको टोली त्यसतर्फ प्रस्थान गरिसकेको छ । उक्त कार्यक्रममा नेपालबाट करिब ५ हजार मानिस सहभागी हुँदैछन् ।
कला संस्कृतिलाई संरक्षण तथा उजागर गर्न हरेक वर्ष विभिन्न देशहरुमा कृतज्ञता यात्रा हुने गर्दछ । यस वर्ष नेपालले आयोजना गरेको उक्त कार्यक्रमअन्तर्गत ग्लोबल मेडिकल क्याम्प सुरु भइसकेको छ ।

उक्त मेडिकल क्याम्पमा विश्वरभरका नेपाली डक्टर तथा इस्ट होराइजनका विद्यार्थी सहभागी भएको विद्यालयका प्रिन्सिपल सञ्जीव राईले जानकारी दिए ।

भारतको चर्चित रियालिटी सोका कोरियोग्राफर अन्वर हुसेनले कोरियोग्राफ गरेका उत्कृष्ट नृत्य र ब्याक पाइपर ब्यान्ड आकाश बराइलीले सहजीकरण गरेका विद्यार्थीहरुले नेपालको राष्ट्रिय गान, राष्ट्रिय धुन, सर्वधर्म भजन, मालश्री धुन, आयो नेपाली लगायतको नेपाली सांस्कृतिक लोक बाजालाई अन्तर्राष्ट्रियस्तरको कार्यक्रममा प्रस्तुत गर्न लागिएको विद्यालयका प्रमुख प्रशासक सावित्रा राईले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer