२०८१ बैशाख २१ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

झापा लिग तथा नकआउटः मेचीनगरको दोस्रो जित, बुद्धशान्ति र बिर्तामोड नकआउट चरणमा


भद्रपुर, मंंसिर १२ । झापाको भद्रपुरमा जारी ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगितामा मेचीनगर नगरपालिका विजयी भएको छ ।

आज भएको पहिलो खेलमा मेचीनगरले बाह्रदशी गाउँपालिकालाई हराएको हो । जितसँगै मेचीनगरको ६ अंक भएको छ । समान दुई खेल खेलेको बाह्रदशीको १ अंक छ ।

मेचीनगरले बाह्रदशीलाई ३–० गोल अन्तरले हराएको हो । भद्रपुर झापा गोल्डकपको आयोजनामा मेची रंगशालामा भएको खेलको २८ औँ मिनेटमा मेचीनगरका अरुण मेचेले गोल गरे । त्यस्तै, खेलको ५८ औँ र ६५ औँ मिनेटमा निरज कार्कीले गोल गरेर जित निश्चित बनाए ।

खेलको प्लेयर अफ दि म्याच मेचीनगरका निरज कार्की भए । उनलाई गोल्डकपका अध्यक्ष दिपेश ढकाल, बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईं, समाजसेवी पवन श्रेष्ठले नगद दुई हजार र ट्रफी प्रदान गरे ।

यसैबीच, आज भएको बिर्तामोड नगरपालिका र बुद्धशान्ति गाउँपालिकाबीचको दोस्रो खेल बराबरीमा टुंगियो । दुवै टिमबाट गोल हुन नसकेपछि अंक बाँड्न बाध्य भए ।

यसैबीच, आजको खेलसँगै समूह क को लिग चरण सकिएको छ । यो समूहबाट हल्दिबारी बाहिरिएको छ । बुद्धशान्ति ४ अंकका साथ समूह विजेता बनेको छ भने बिर्तामोड २ अंक जोड्दै उपविजेतामा सीमित रह्यो ।

खेलको प्लेयर अफ दि म्याच बुद्धशान्तिका पवन नेपाली दर्जी भए । उनलाई गोल्डकपका अध्यक्ष दिपेश ढकाल, झापा ११ एफसीका अध्यक्ष जलकुमार गुरुङ, समाजसेवी श्याम प्रसाईंले नगद दुई हजार र ट्रफी प्रदान गरे ।

फुटबलको उर्वर भूमि झापाबाट युवा खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना भएको प्रतियोगितमा झापाका १४ वटा पालिका र आयोजकको भद्रपुर ब्लेजर्स टिम गरी प्रतियोगितामा १५ वटा टिमले प्रतिस्पर्धा गर्दै छन् ।

१८ दिनसम्म सञ्चालन हुने प्रतियोगिताको फाइनल खेल मंसिर २४ गते हुने महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

खेल तालिकाअनुसार समूह ‘क’ मा हल्दिबारी, बिर्तामोड र बुद्धशान्ति रहेका छन् । समूह ‘ख’ मा कनकाई, भद्रपुर ब्लेजर्स, झापा र गौरादह, समूह ‘ग’ मा कचनकवल, बाह्रदशी, मेचीनगर र भद्रपुर तथा समूह ‘घ’ मा कमल, दमक, शिवसताक्षी र अर्जुनधारा रहेका छन् ।

प्रत्येक समूहका विजेता र उपविजेता आठवटा टिम नकआउट चरणमा प्रवेश गर्ने छन् । नकआउट चरणका खेलहरु क्वार्टर फाइनलबाट सुरु हुनेछन् । क्वार्टर फाइनलका खेल मंसिर १९ र २० गते हुने छन् । सेमिफाइनलका खेल मंसिर २२ गते हुने छन् ।

प्रतियोगिताको विजेताले नगद ३ लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद २ लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद २ हजार रुपैयाँ पाउने छन् । त्यस्तै, उत्कृष्ट गोल किप्पर, उत्कृष्ट प्रशिक्षक, उच्च गोलकर्ता र उदीयमान खेलाडीले नगद ५ हजार रुपैयाँ, ट्रफी र मेडल प्राप्त गर्ने छन् । प्रतियोगिता सम्पन्न गर्न ८० लाख रुपैयाँ खर्चको अनुमान गरिएको छ ।

आजसम्मको अंक तालिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer