२०८१ बैशाख २१ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

आयोजक जागृति युवा क्लब अन्तिम चारमा


मेचीनगर, मंंसिर १३ । आयोजक जागृति युवा क्लब झापाको बुद्धशान्ति ५ मा जारी दोस्रो शान्तिनगर जागृति नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुद्धशान्ति ५ खारखोलाको खेल मैदानमा आज भएको खेलमा ड्रिमर्स एफसी इलामलाई ५–१ गोल अन्तरले हराउँदै आयोजक जागृति क्लबले सेमिफाइनलको यात्रा तय गरेको हो ।

आयोजकको तर्फबाट रोमन भुजेलले ४ र पारस लिम्बूले एक गोल गरेका थिए भने ड्रिमर्स इलामको तर्फबाट विशाल माझीले सान्त्वना गोल फर्काएका थिए ।

आयोजक टिमका रोमन भुजेल म्यान अफ द म्याच घोषित हुँदै पुरस्कृत भएका थिए ।

प्रतियोगिताको विजेताले नगद ५० हजार, ट्रफी, मेडल प्राप्त गर्ने र उपविजेताले नगद ३० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आर्थिक समितिका संयोजक दिलिपकुमार सरदारले जानकारी दिए । प्रतियोगिताको फाइनल खेल मंसिर १७ गते हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer