२०८१ बैशाख २१ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

बहुबन एफसी शान्तिनगर जागृति कपको फाइनलमा


मेचीनगर, मंसिर १५ । बहुबन एफसी झापाको बुद्धशान्ति ५ मा जारी दोस्रो शान्तिनगर जागृति नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बुद्धशान्ति ५ खारखोलाको खेल मैदानमा बिहीबार भएको खेलमा खुदुनाबारी एफसीलाई २–१ गोल अन्तरले पराजित गर्दै बहुबन एफसी उपाधिनजिक पुगेको हो ।

बहुबनको तर्फबाट सन्देश खवास र पाल्देन घलेले एकएक गोल गरेका थिए भने खुदुनाबारीको तर्फबाट सुगम खजुमले सान्त्वना गोल फर्काएका थिए । खेलको म्यान अफ द म्याच सन्देश खवास भए ।

त्यसैगरी, दोस्रो सेमिफाइनलमा आज आयोजक जागृति क्लब र छिमेकी क्लब बिर्तामोडबीच खेल हुने खेल आयोजक क्लबका अध्यक्ष टेकबहादुर गदालले जानकारी दिए ।

प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैयाँ, ट्रफी, मेडल प्राप्त गर्ने र उपविजेताले नगद ३० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आर्थिक समितिका संयोजक दिलिपकुमार सरदारले जानकारी दिए । प्रतियोगिताको फाइनल खेल मंसिर १७ गते हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer