२०८१ बैशाख २३ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

झापा उत्सव स्थगित


बिर्तामोड, मंसिर १७ । दोस्रोपटक हुन लागेको झापा उत्सव स्थगन भएको छ । यही मंसिर २४ र २५ गते झापाको चारपानेनजिक हुन लागेको झापा उत्सव अप्रत्याशित परिस्थितिको कारण स्थगन भएको हो ।

आयोजकले सामाजिक सञ्जाल फेसबुकमार्फत सूचना जारी गर्दै उत्सव स्थगनको जानकारी गराउँदै चाँडै अर्को मिति तय गरिने जनाएको छ ।

‘टिकट किनिसक्नु भएको व्यक्तिहरुले जहाँबाट किन्नु भएको सोही ठाउँमा फिर्ता गरिदिनु होला वा तपाईंको नम्बर र टिकटको फोटो फेसबुक वा इन्स्टाग्रममा मेसेज गरिदिनु होला र इसेवामार्फत टिकट किन्नु भएको छ भने तपाईंलाई इसेवामा नै फिर्ता आउनेछ । अन्य असुविधा भए हामीलाई सम्पर्क गर्नुहोला’, आयोजकले सूचनामा उल्लेख गरेको छ ।

झापा उत्सवमा चर्चित लोकरक ब्यान्ड १९७८ एडीका साथै वेक, यबेश थापा तथा स्थानीय कलाकरको प्रस्तुति रहने निर्धारित कार्यक्रम रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer