२०८१ बैशाख २३ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

शान्तिनगर जागृति नकआउट फुटबलको उपाधि बहुबनलाई


??

मेचीनगर, मंसिर १८ । झापाको बुद्धशान्ति ५ मा भएको दोस्रो शान्तिनगर जागृति नकआउट फुटबल प्रतियोगिताको उपाधि बहुबन फुटबल क्लबले उचालेको छ ।

आइतबार भएको उपाधि भिडन्तमा आयोजक जागृति क्लबलाई २–१ ले पराजित गर्दै बहुबन फुटबल क्लबले उपाधि उचाल्न सफल भएको हो ।
उपाधिसँगै बहुबनले नगद ५० हजार, ट्रफी र मेडल र उपविजेतामा सीमित आयोजक जागृति क्लब नगद ३० हजार, ट्रफी र मेडलमा चित्त बुझाउन बाध्य बन्यो ।

खेलको म्यान अफ द म्याच बहुबनका विशाल राई घोषित हुँदै पुरस्कृत भएका थिए । यसअघि आयोजकले छिमेकी क्लब बिर्तामोड र बहुबनले खुदुनाबारीलाई पराजित गर्दै उपाधि यात्रा तय गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer