२०८१ जेठ ११ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

ताप्लेजुङलाई हराउँदै बिर्तामोड किरात गोल्डकपको फाइनलमा


बिर्तामोड, मंसिर २१ । उत्कृष्ट कमब्याक गर्दै झापाको बिर्तामोड युनाइटेड क्लब फिदिममा जारी प्रथम किरात गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

फिदिम माविको खेल मैदानमा आज भएको अन्तिम सेमिफाइनल खेलमा ताप्लेजुङको कर्णसिं सोनाम स्मृति क्लबलाई २-१ गोलअन्तरले पराजित गर्दै बिर्तामोडले फाइनलमा स्थान सुरक्षित गरेको हो ।

१-० गोलले पछि परेको अवस्थालाई उल्टाउँदै बिर्तामोडले बाजी मारेको हो । ताप्लेजुङका लागि खेलको ७ मिनेटमै दिपेश लिम्बूले गोल गरेर अग्रता दिलाएका थिए । तर, ताप्लेजुङको अग्रता पहिलो हाफसम्म पनि टिक्न सकेन ।

पहिलो हाफकै ३१औँ मिनेटमा बिर्तामोडका लागि रोमन भुजेलले गोल गरेर टिमलाई खेलमा फर्काए । उनले पेनाल्टीमार्फत गोल गरेर १-१ गोलको बराबरीमा ल्याए ।

यस्तै, पहिलो हाफकै इन्जुरी समयमा प्रदिप बुढाथोकीले गोल गर्दै अग्रता दोब्बर बनाए । दोस्रो हाफमा दुवै टोलीले थुप्रै गोल गर्ने अवसर खेर फ्याँकेका थिए । रोमाञ्चक खेलको म्यान अफ दी म्याच बिर्तामोडका प्रदिप बुढाथोकी भए । उनले नगद ५ हजार पाए ।

हिजो भएको पहिलो सेमिफाइनल खेलमा आयोजक पाँचथर एफसीलाई पराजित गर्दै मोरङको डाँगीहाट एफसी फाइनलमा प्रवेश गरिसकेको छ । फाइनल खेल मंसिर २३ गते हुनेछ ।

प्रतियोगिताको विजेताले नगद ४ लाख ४ हजार ४४४ र उपविजेता टोलीले नगद २ लाख २ हजार २२२ सहित आकर्षक ट्रफी पाउने छ । विधागत पुरस्कारतर्फ १० हजार सर्वोत्कृष्ट बन्ने खेलाडीले नगद २५ हजार पाउने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer