२०८१ बैशाख २८ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

राष्ट्रिय भाक्का दिवसमा सारेगमपकी विजेता नीलञ्जना रायले प्रस्तुति दिने


बिर्तामोड, मंसिर २२ । कोच राजवंशी समुदायले मनाउँदै आएको भाक्का दिवसको सातौँ संस्करणमा भारतीय गायिका नीलञ्जना राय आउने भएकी छन् ।

झापाको बिर्तामोडमा हुँदै आएको लोकपरिकार तथा सांस्कृतिक उत्सव राष्ट्रिय भाक्का दिवस योपटक डोमालाल राजवंशी रंगशालामा हुँदैछ । पुस २९ गते मनाइँदै आएको कार्यक्रममा प्रस्तुुति दिन नीलञ्जना झापा आउन लागेकी हुन् ।

पश्चिम बंगालको अलिपुरद्वारकी उनी सन् २०२२ को सारेगमपको विजेता हुन् भने २०१७ को भ्वाइस अफ इन्डिया किड्सको उपविजेता र २०१८ को इन्डियन आइडल जुनियरको तेस्रो हुन् ।

आयोजक राजवंशी समाज विकास समितिका अध्यक्ष अभय राजवंशीका अनुसार कार्यक्रमको प्रमुख अतिथिका रुपमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती भाक्का दिवसमा सहभागी हुँदैछन् ।

राजवंशीहरुको भान्साबाट लोप हुँदै गइरहेको मौलिक खाजाको प्रवर्धन, संरक्षण र विकासमा योगदान दिने उद्देश्यले राष्ट्रिय भाक्का दिवस मनाइँदै आएको अध्यक्ष अभय राजवंशीले बताए ।

भाक्का दिवस सुरु भएपछि तराईको जाडोयाममा भाक्का पर्यटनलाई समेत टेवा पुर्याउने र बाह्रै महिना जाडो हुने पहाडी र हिमाली क्षेत्रमा थोरै लगानीमा साना रोजगारका महत्वपूर्ण ढोकाहरु खोलिँदै गएको उनले जानकारी दिए ।

यो वर्ष भाक्का दिवसमा १५० जना महिलाहरुले दुई हजार किलोग्राम चामलबाट तयार भएको पिठोबाट भाक्का बनाउने छन् ।

पाँच सयजना कलाकारहरुको सामुहिक लोक सांस्कृतिक राजवंशी नृत्यको प्रस्तुति रहने कार्यक्रममा ३० हजारको सहभागिता रहने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer