२०८१ जेठ ५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

गुणस्तरीय कृषि सहकारीको नाफा साढे सात लाख


बिर्तामोड, मंसिर २३ । झापाको बिर्तामोडमा रहेको गुणस्तरीय कृषि सहकारी संस्थाले साढे सात लाख नाफा गरेको छ ।

संस्थाको आज अर्जुनधारास्थित सालबारीमा सम्पन्न आठौँ वार्षिक साधारणसभामा अध्यक्ष कर्णबहादुर पौडेलले प्रस्तुत गरेको प्रतिवेदनअनुसार संस्थाको शेयर पुँजी ६१ लाख ४४ हजार ३०० पुगेको छ ।

कार्यक्रमको अवसरमा असल बचतकर्ता गीता भट्टराई र असल कर्जातर्फ नारायण पौडेललाई प्रशंसापत्र प्रदान गरिएको थियो ।

बिर्तामोड नगरपालिकाका सहकारी निरीक्षक डिल्ली दाहालको प्रमुख आथित्यतामा सम्पन्न साधारणसभामा झापा जिल्ला सहकारी संस्थाका लेखा समिति सदस्य प्रेमसागर सापकोटा, संस्थाका सल्लाहकार संयोजक गोपालप्रसाद लामिछानेले शुभकामना व्यक्त गरेका थिए ।

संस्थाका सचिव दिनेशकुमार पोखरेलले सञ्चालन गरेको कार्यक्रममा लेखा समिति संयोजक सुरेन्द्र खरेलले स्वागत गरेका थिए ।
साधारणसभाको अवसर पारेर वनभोज कार्यक्रमको पनि आयोजना गरिएको थियो । कार्यक्रममा विभिन्न रमाइलो प्रतियोगिताहरु गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer