२०८१ बैशाख २८ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

मेनुका पौडेलले चर्चित भारतीय फिल्म ‘सलार’ मा गीत गाउने


‘सलार’को गीत रेकर्ड गर्दै मेनुका । तस्वीर: सोनी टिभी

बिर्तामोड, मंसिर २५ । गायन रियालिटी शो ‘इन्डियन आइडल’ मा प्रतिस्पर्धा गरिरहेकी झापाकी मेनुका पौडेलले प्रतीक्षित भारतीय फिल्म ‘सलार’ मा गीत गाउने मौका पाएकी छन् ।

आइतबार राति प्रसारित इन्डियन आइडलको पछिल्लो एपिसोडमा मेनुका स्वयमले यो जानकारी दिएकी हुन् । सोनी टेलिभिजनले मेनुकाको यो क्षणलाई महत्वका साथ प्रसारण गरेको थियो ।

‘सालार’ फिल्मका संगीतकार रवि बसरुरको संगीतमा आफूले गीत गाउने मौका पाएको जानकारी गराएकी छन् । उनले भनेकी छन्, ‘मेरो पहिलो प्लेब्याक गायनका लागि पहिलो गीत गाइरहेको छु । मेरो तर्फबाट निकै राम्रोसँग गाउनेछु ।’

उनले यो क्षणलाई आफ्नो ‘टर्निङ प्वाइन्ट’ भएको बताएकी छन् । मेनुकाले इन्डियन आइडलको स्टेजमा यो जानकारी गराएपछि खुसी र सम्मानमा सबै जजले उठेर सम्मान व्यक्त गरेका थिए ।

साथै, उक्त एपिसोडमा इन्डियन आइडलले मेनुकाले सालारका लागि स्टुडियोमा पुगेर गीत गाउन लागेको भिडियो पनि देखाएको छ ।

जज श्रेया घोषालले मेनुकालाई बधाई दिँदै केजिएफ निर्माता कम्पनीको नयाँ फिल्म सालार ठुलो प्रोजेक्ट रहेको र यसमा गाउन पाउनु खुसीको कुरा भएको बताएकी छन् । उनले संगीतकार बसरु अब्बल संगीतकार भएको पनि बताएकी छन् ।

साथै, मेनुकालाई केहीअघिको एपिसोडमा एक गेस्टले फिल्मका लागि प्रस्ताव समेत राखेका थिए । मेनुकाले इन्डियन आइडलमा पछिल्लो समय उत्कृष्ट प्रस्तुति दिइरहेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer