२०८१ जेठ ५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

कृषि अनुदानका लागि झापालाई सवा ८ करोड, पहुँचवालाको हालीमुहाली रोक्ने तयारी


बिर्तामोड, मंसिर २७ । कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि झापामा कृषिमा आधारित अनुदान शीर्षकमा आठ करोड ३० रुपैयाँ विनियोजन गरेको छ ।

झापामा विनियोजन गरिएको रकममध्ये दुग्ध उत्पादनका आधारमा ५ करोड ५१ लाख, चियाको गुणस्तरीय हरियो पत्ती उत्पादनका आधारमा २ करोड ७० लाख विनियोजन गरिएको छ ।

त्यस्तै, झापामा माछापालन गर्ने कृषकलाई सौर्य वोरिङ जडानमा अनुदान दिन ९ लाख रुपैयाँ छुट्याइएको छ ।

तर, कृषि अनुदान लक्षित वर्गसम्म नपुगी पहुँचवालाको हालीमुहाली भएको निष्कर्ष निकाल्दै कोशी प्रदेशको उद्योग कृषि तथा सहकारी मन्त्रालयले कृषिमा आधारित अनुदान मन्त्रालय र निर्देशनालयमार्फत वितरण नगर्ने भएको छ ।

झापाका लागि विनियोजन गरेको रकम पनि पहुँचवाला एक सहकारीले हत्याउने दाउमा रहेको बुझिएको छ । अनुदानको अधिकांश हिस्सा वास्तविक कृषकभन्दा बाहिरका व्यक्तिले पाएको मन्त्रालयको ठहर छ ।

मन्त्रालय स्रोतका अनुसार कृषि अनुदानका नाममा दलका नेता–कार्यकर्ताको हालीमुहाली भएको पुष्टि भएपछि मन्त्रालय र निर्देशनालयबाट वितरण हुँदै आएको अनुदान जिल्ला तहका कृषि ज्ञान केन्द्र, भेटेरेनरी तथा पशु सेवा केन्द्रमार्फत वितरण गर्ने तयारी गरेको हो ।

प्रदेश सरकारले बीउविजन, उपकरण, कृषि पूर्वाधार विकास र उत्पादनमा अनुदान दिँदै आएको छ । मन्त्रालयले हरेक वर्ष कृषि क्षेत्रको विकास र विस्तारका लागि कृषि उद्यमी, समूह, सहकारीलाई अनुदानबापत करोडौँ रकम बाँड्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer