२०८१ जेठ ५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

हाम्रो नेपाल साकोसको शेयर पुँजी १८ करोड ८७ लाख


बिर्तामोड, मंसिर २७ । झापाको बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाको ११ औँ साधारणसभाअन्तर्गत अन्तिम माइन्युट प्रमाणीकरण भेला सम्पन्न भएको छ ।

कार्यक्रममा संस्थाका अध्यक्ष भवानीप्रसाद दंगालले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको असार मसान्तसम्म शेयर पुँजी १८ करोड ८७ लाख ४८ हजार ७ सय, जगेडाकोष १ करोड ८८ लाख १५ हजार ७८२, कुल संस्थागत पुँजी २ करोड ५ लाख ५० हजार २००, विभिन्न कोषहरु ५ करोड ६९ लाख ७८ हजार ५३५, कुल बचत एक अर्ब १४ करोड ११ लाख ६४ हजार ५८, लगानीमा रहेको कर्जा १ अर्ब ८४ करोड ७२ लाख ६ हजार ७९२ रहेको जानकारी दिए ।

संस्थाले आर्थिक तथा सामाजिक सहयोगअन्तर्गत २० जना सदस्यले ५ लाख १७ हजार २२४ रुपैयाँ, सदस्य उपचार कोषअन्तर्गत ३२ जना सदस्यले ४ लाख ६५ हजार ७९४ र ऋण सुरक्षण कोषअन्तर्गत ६ जना सदस्यको ४ लाख १६ हजार ३०० रुपैयाँ ऋण रकम मिनाह गरिएको छ ।

त्यस्तै, सहकारीले संस्था एकीकरणअन्तर्गत कमल–२ स्थित श्रुतिकृति महिला कृषि सहकारी संस्था र मोरङको पथरी–शनिश्चरे स्थित मत्स्य विकास समृद्धि बहुउद्देश्यीय सहकारी संस्थासँग एकीकरण समेत गरेको छ ।

कोशी प्रदेशको तीन जिल्लामा ३१ वटा सेवा केन्द्रमार्फत सेवा प्रवाह गर्दै आएको हाम्रो नेपालमा आर्थिक वर्ष २०७९–०८० को असार मसान्तसम्म २० हजार ९८१ महिला र १४ हजार ९०३ पुरुष गरी ३५ हजार ८८४ जना सेयर सदस्य रहेको संस्थाका सहायक प्रबन्धक सरोज दाहाले जानकारी दिए ।

गत आर्थिक वर्षको असार मसान्तसम्म २० दशमलव ७९ प्रतिशत अर्थात् २३ करोड ९३ लाख ४ हजार ६२२ रुपैयाँ तरलता रहेको थियो भने कुल सम्पत्ति २ अर्ब २१ करोड ३५ लाख ५३ हजार ७५ रुपैयाँ रहेको जनाइएको छ ।

कार्यक्रममा प्रमुख अतिथि झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकाल, झापा जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडका उपाध्यक्ष उपेन्द्रप्रसाद ओली, बिर्तामोड नगरपालिकाका सहकारी तथा सामाजिक विकास शाखा अधिकृत डिल्ली दाहालले शुभकामना मन्तव्य राखेका थिए ।

संस्थाका अध्यक्ष दंगालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत संस्थाका उपाध्यक्ष राजेन्द्र गौतम र सञ्चालन संस्थाका सचिव विश्वेश्वरप्रसाद लामिछानेले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer