२०८१ बैशाख २० बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

प्याजको अभावसँगै झापाका बजारमा आफूखुसी मूल्य


बिर्तामोड, मंसिर २९ । भारतले गत सातादेखि निर्यातमा प्रतिबन्ध लगाएपछि प्याजको अभाव भइरहेका बेला झापाका व्यापारीले आफूखुसी मूल्य तोक्न थालेका छन् ।

प्याज निर्यातमा प्रतिबन्धपछि आयात ठप्प भएको छ । यसले गर्दा बजारमा प्याजको भाउ बढेको छ । बिर्तामोडको कृषि उपज थोक बजारमा प्रत्येक दिन अलगअलग भाउ हुने गरेको छ ।

बिहीबार प्रतिकिलो १३० रुपैयाँमा कारोबार भएको प्याज आज शुक्रबार बिहान प्रतिकिलो १५० रुपैयाँको दरले किनबेच भइरहेको छ । चोक तथा गल्लीमा रहेका व्यापारीले त झन् चर्को मूल्य लिएर बिक्री गरिरहेका छन् ।

भारतको प्रतिबन्धको फाइदा उठाउँदै बिर्तामोडका केही व्यापारी र बिचौलियाले प्याजको कृत्रिम अभाव गर्न थालेका छन् । अहिले बजारमा प्याजको मूल्यमा एकरुपता छैन ।

भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि बजारमा अभाव भएको हो । नेपालमै उत्पादन हुने अनुकूल वातावरण भए पनि प्याजका लागि भारतकै भर पर्नुपर्ने अवस्था छ ।

भारतले बेलाबेलामा प्रतिबन्ध लगाउँदा माग र आपूर्तिको फाइदा उठाउँदै बिचौलियाले चलखेल गर्ने गरेका छन् ।

यसअघि भारतको सेन्ट्रल बोर्ड अफ इनडाइरेक्ट ट्याक्स एन्ड कस्टमले शनिबार प्याजमा ४० प्रतिशत भन्सार शुल्क लगाएको थियो ।

यो कर २१ डिसेम्बर २०२३ सम्म लागु हुने बताइएको छ । मूल्यबृद्धिबाट आफ्ना जनतालाई राहत दिन भारतीय सरकारले यस्तो निर्णय गरेको त्यहाँका सञ्चारमाध्यमहरूले उल्लेख गरेका थिए ।

भारतमा जुलाई महिना मात्रै प्याजको मूल्य २० प्रतिशतले बढेको थियो । भारतमा सो बेला प्याज केजीको २४ भारु परिरहेको थियो । हाल प्रतिकेजी ४५ देखि ५० भारु पुगेको छ ।

भारतमा अगष्ट महिनामा विगत एक दशक यताकै सुख्खायाम लागेकोले पनि उत्पादनमा कटौती भइरहेको छ ।

नेपालमा भारतबाट वार्षिक ६ अर्ब ७५ करोड बराबरको ताजा प्याज आयात हुन्छ भने ७ करोडको सुकाएको प्याज आयात हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer