२०८१ जेठ ५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

उपभोक्ता महिला कृषि सहकारीद्वारा ५५ जना महिलालाई सम्मान


मेचीनगर, पुस २ । ग्रामीण महिलाहरुलाई समेटेर गठन भएको मेचीनगरको उपभोक्ता महिला कृषि सहकारी संस्थाले संस्थामा आवद्ध ५५ जना एकल महिला, असल ऋणी र असल बचतकर्तालाई सम्मान गरेको छ ।

मेचीनगर ९ मागुरमाडीमा संस्थाको आज सम्पन्न नवौँ वार्षिक साधारणसभाको अवसर पारेर उनीहरुलाई सम्मान गरिएको हो ।

अध्यक्ष संगीता थापाले प्रस्तुत गरेको प्रतिवेदनअनुसार सहकारीको शेयर पुँजी २१ लाख ३९ हजार ६४० रुपैयाँ रहेको छ । संस्थामा ५२१ जना शेयर सदस्यहरु रहेका छन् ।

प्रत्येक वर्ष सहकारीलाई सामुदायिक सञ्चित कोषबाट मागुरमाडी सामुदासयक वन उपभोक्ता समितिले ५० हजार रुपैयाँ उपलब्ध गराउँदै आएको अध्यक्ष थापाले बताइन् ।

चालु आर्थिक वर्षमा शेयर सदस्यहरुलाई लक्षित सुतीको कपडाद्वारा महिनावारी प्याड बनाउन सिकाएको उनले जानकारी दिइन् ।

सहरकारीको आफ्नै भवन निर्माणका लागि जग्गा खरिद गर्ने, स्वास्थ्य शिविर सञ्चालन गर्ने, सदस्य शिक्षा तालिम सञ्चालन गर्ने, शेयर सदस्यलाई कृषिमा आधारित कार्यक्रमहरु सञ्चालन गर्ने संस्थाको लक्ष्य रहेको छ ।

सहकारीले १२ कठ्ठा स्थानीयबासीको जमिन लिजमा लिएर धान, मकै, तोरी, बेसारलगायतका खेती समेत गर्दैै आएको छ ।

खेतीबाट उत्पादन आम्दानीलाई समेत संस्थाले पुँजीकृत गर्दै सदस्यहरुका हितअनुसार उद्घोषण, सिलाई बुनाई, मुडा बनाउनेलगायतका तालिममा खर्च गर्ने गरेको अध्यक्ष थापाले बताइन् ।

संस्थाकी अध्यक्ष थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि मेचीनगर नगरपालिकाकी उपप्रमुख मिना उप्रेती, वडा नम्बर–९ का वडाध्यक्ष कञ्चन तामाङ, वान नेपालकी संस्थापक अध्यक्ष मिरा पोखरेल, मागुरमाडी सामुदायिक वन विट नम्बर १ का अध्यक्ष अमर खम्बू, वडासदस्य सुष्मा कार्की डोलेलगायतले शुभकामना व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer