२०८१ बैशाख २२ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

झापामा क्षेत्रफल घटे पनि बढ्यो धानको उत्पादन


बिर्तामोड, पुस ४ । झापामा यस वर्ष धानको उत्पादकत्व प्रतिहेक्टर ५ दशमलव ०५९ मेट्रिकटन पुगेको छ । गत वर्ष धानको उत्पादकत्व प्रतिहेक्टर ४ दशमलव ८९ मेट्रिकटन थियो ।

गत वर्षभन्दा यो वर्ष झापामा धानको उत्पादकत्व बढेको हो । गत वर्षभन्दा यस वर्ष पाँच हजार ९३४ मेट्रिकटनभन्दा बढी धान उत्पादन भएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ ।

गत वर्ष चार लाख २७ हजार आठ सय ७५ मेट्रिकटन धान उत्पादन भएको थियो । यो वर्ष झापामा चार लाख ३३ हजार ८०९ दशमलव २५ मेट्रिकटन धान उत्पादन भएको छ  ।

झापामा यो वर्ष ८५ हजार ७५० हेक्टर क्षेत्रमा बर्खेधान लगाइएको कृषि ज्ञान झापाका प्रमुख सागर विष्टले जानकारी दिए ।

यद्यपि, गत वर्षभन्दा यस वर्ष झापामा धान रोपाइँ हुने क्षेत्रफल भने घटेको छ । गत वर्ष ८६ हजार ६२५ हेक्टर क्षेत्रफलमा बर्खेधान रोपाइँ भएको थियो ।

यसपटक समयमा रासायनिक मल उपलब्ध हुनु, सिँचाइका लागि समस्या नहुनुजस्ता कारणले क्षेत्रफल घटे पनि धानको उत्पादनमा वृद्धि भएको हो ।

झापाका गौरादह, शिवसताक्षी, गौरीगञ्जमा तुलनात्मक रूपमा अन्य पालिकाभन्दा धान राम्रो फल्ने कृषि ज्ञान केन्द्र झापाले जनाएको छ ।

१० वर्षअघिसम्म झापामा करिब ९० हजार हेक्टरमा धानखेती हुन्थ्यो । तर, पछिल्लो समय झन्डै पाँच हजार हेक्टर घटेको हो ।
खेतीयोग्य जमिन मासेर जग्गा प्लटिङ गर्दै आवास क्षेत्रमा परिणत गरिँदा खेती घट्दै गएको कृषि ज्ञान केन्द्र प्रमुख विष्टले जानकारी दिए ।

यस वर्ष धानको उत्पादन बढ्नुका साथै किसानले धानको मूल्य पनि राम्रो पाएको विष्टले बताए । यस वर्ष सरकारले मध्यम धानको समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार ३६२ रुपैयाँ तोकेको छ । तर, कृषकले भने मध्यम धानको मूल्य तीन हजार ८०० रुपैयाँसम्म पाएको विष्टले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer