२०८१ बैशाख २१ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

प्रधानमन्त्री कप महिला क्रिकेटः कोशीको टोली रुबिनाको कप्तानीमा


बिर्तामोड, पुस ४ । कोशी प्रदेशले प्रधानमन्त्री कप महिला टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि रुबिना क्षेत्री बेलबासेको कप्तानीमा टोली घोषणा गरेको छ ।

टोलीमा नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी निवर्तमान कप्तान रुबिनासँगै राष्ट्रिय टिमबाट खेलिसकेका काजोल श्रेष्ठ, अप्सरी बेगम, संगीता राई र सबनम राई पनि छन् ।

उनीहरु पाँचैजना झापाको मेचीनगरका हुन् । पाँचैजना खेलाडी संघको झापा समितिले आयोजना गरिरहेको ‘बि’ डिभिजन पुरुष प्रतियोगितामा अतिथिको रुपमा आएका थिए ।

त्यस्तै, गत वर्ष काठमाडौँ मेयर्स कपमा उत्कृष्ट बलर घोषित भएकी निशा शाह लगायतका युवा खेलाडी पनि टोलीमा छन् । कोशी प्रदेशले सन् २०२१ मा दाङमा भएको प्रधानमन्त्री कपको उपाधि जितेको थियो ।

राष्ट्रिय खेलकुद परिषदको कार्यक्रमअनुसार नेपाल क्रिकेट संघ क्यानको व्यवस्थापनमा हुने प्रतियोगिता पुस ५ देखि १८ गतेसम्म मुलपानी र त्रिवि मैदानमा सञ्चालन हुनेछ ।

प्रतियोगितामा ७ प्रदेश र विभागीय टोली नेपाल एपिएफ क्लब गरी ८ टोलीको सहभागिता छ ।

पहिलोपटक यस प्रतियोगिता राउन्ड रोविनको आधारमा हुँदैछ । जहाँ हरेक टोलीले एक अर्कासँग खेल्नेछ । लिगमा हरेक टोलीले ७–७ खेल खेल्नेछन् ।

लिग चरणपछि अंक तालिकामा शीर्ष चारमा रहने टोली प्लेअफ पुग्नेछन् । जसमा शीर्ष दुईमा रहने टोलीले पहिलो क्वालिफायर खेल्नेछन् । विजेता टोली सिधै फाइनल पुग्नेछ ।

त्यस्तै, तेस्रो र चौथो हुने एलिमिनेटर खेल्नेछ । यसमा विजयी हुने टोलीले पहिलो क्वालिफायरमा पराजित हुनेसँग दोस्रो क्वालिफायर खेल्नेछ ।
एलिमिनेटरको पराजित टोली बाहिरिनेछ । पहिलो र दोस्रो क्वालिफायर विजेताले फाइनल खेल्नेछन् ।

कोशीको टोली :
रुबिना क्षेत्री बेलबासे (कप्तान), काजोल श्रेष्ठ, अप्सरी बेगम, संगीता राई, सबनम राई, रिया शर्मा, बिमला महला, लखिता राजवंशी, बन्दना राजवंशी, नमिता श्रेष्ठ, सनु राजवंशी, काजोल राजवंशी, एलिसा खडिया, निशा शाह ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer