२०८१ बैशाख २१ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

चौथो चन्द्रगढी भेट्रान फुटबल पुस ७ गतेदेखि


भद्रपुर, पुस ४ । झापाको भद्रपुरमा केशवप्रसाद रिजाल स्मृति चौथो चन्द्रगढी भेट्रान नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।

चन्द्रगढी भेट्रान क्लबको आयोजनामा यही पुस ७ गतेदेखि मेची रंगशालामा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको क्लबका उपाध्यक्ष बिक्की जैसवालले जानकारी दिए ।

नेपाल र भारतका नौवटा भेट्रान क्लबहरुको सहभागिता रहने प्रतियोगिताको फाइनल खेल पुस १४ गते हुनेछ ।

प्रतियोगितामा हिमाली भेट्रान पृथ्वीनगर, दमक भेट्रान लखनपुर, कञ्चनजंघा भेट्रान सिलिगुढी भारत, पूर्वाञ्चल भेट्रान, सिभिसी भेट्रान भद्रपुर, श्रीजंगा भेट्रान ज्ञानेचोक, धुलाबारी भेट्रान, झिलझिले भेट्रान र एभरेस्ट भेट्रान पथरियाको सहभागिता रहेको जैसवालले बताए ।

प्रतियोगिताको विजेताले नगद ५१ हजार १११, ट्रफी र मेडल पाउनेछ भने उपविजेताले नगद ३१ हजार १११, ट्रफी र मेडल प्राप्त गर्नेछ । प्रतियोगिता सम्पन्न गर्न पाँच लाख खर्च अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer