२०८१ बैशाख २१ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

झापाले जित निकाल्दै रोक्यो धनगढीको अपराजित यात्रा, प्लेअफ सम्भावना कायमै


बिर्तामोड, पुस ४ । दसजना खेलाडीमा सीमित झापा एफसीले दोस्रो संस्करणको नेपाल सुपर लिगमा धनगढी एफसीको अपराजित यात्रामा पूर्णविराम लगाएको छ ।

दशरथ रंगशालामा बुधबार बेलुका भएको खेलमा अन्जन विष्ट र समिराज थोकरको गोलको मद्दतले झापाले २–० को जित निकालेको हो ।

५३ औँ मिनेटमा झापाका कप्तान अन्जन विष्टले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाए । छिरिङ लामाको क्रसमा सुन्दर हेडर गोल गर्दै अन्जनले झापालाई अग्रता दिलाए ।

७७ औँ मिनेटमा भने झापाले खेलमा अग्रता दोब्बर बनायो । प्रदीप लामाको कटब्याकमा सान्चेजले बललाई पोस्टको दिशा देखाएका थिए । तर, गोल लाइनबाट समिराज थोकरले बललाई लाइन कटाएपछि गोल उनको नाममा रह्यो ।

७९ औँ मिनेटमा झापा १० जनामा सीमित हुन पुग्यो । दोस्रो हाफमा मैदान प्रवेश गरेका धीरज थजालीले साइमन लिम्बूमाथि गरेको फाउलका कारण उनले रातो कार्ड पाएका थिए ।

मैदानमा एक खेलाडी काम भएपनि झापाले गोल भने खाएन । धनगढीले पनि राम्रो अवसरहरु बुन्न सकेन ।

हारपछि धनगढी प्लेअफमा आफ्नो स्थान पक्का गर्न असफल भएको छ । धनगढीले प्लेअफमा आफ्नो स्थान बनाउनका लागि शीर्ष स्थानमा रहेको पोखरा थन्डर्सविरुद्धको अन्तिम खेल कुर्नुपर्ने भएको छ ।

झापाले भने आफ्नो प्लेअफ सम्भावना कायम नै राखेको छ । झापाको अन्तिम खेल एफसी चितवनविरुद्ध रहेको छ ।

दोस्रो स्थानमा यथावत धनगढीको ७ खेलमा १२ अंक रहेको छ । झापा भने ७ खेलमा १० अंकसहित चौथो स्थानमा उक्लिएको छ ।

एनएसएलमा लिग तालिकाको शीर्ष २ टोलीले सिधै फाइनलमा छनोट हुने क्वालिफायर खेल खेल्नेछन् । क्वालिफायरमा पराजित हुने टोलीले भने लिगको तेस्रो र चौथो स्थान प्राप्त गर्ने टोलीको विजेतासँग अर्को क्वालिफायर खेल्न पाउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer