२०८१ बैशाख १७ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडमा व्यवसायीको चुनावः नवीकरण सुस्त, १३०० नयाँ सदस्य


बिर्तामोड, पुस ६ । बिर्तामोड उद्योग वाणिज्य संघको आसन्न निर्वाचनका लागि सदस्यहरुको नवीकरण सुस्त गतिमा रहेको छ ।

संघका कर्मचारी सुनिल विश्वकर्माका अनुसार साउन महिनायता हालसम्म ३९६ जनाले मात्र नवीकरण गरेका छन् । संघ यही फागुन १४ गते निर्वाचनको मिति तय गरेको छ ।

संघका कार्यालय सचिव राजु गौतमका अनुसार नवीकरणका लागि माघ २३ गतेको अन्तिम मिति तोकिएको छ । संघमा अघिल्लो चुनावमा ४ हजार ५३९ मतदाता रहेका थिए ।

यसैबीच, संघमा आसन्न चुनावका लागि एक हजार २०० सदस्यले नयाँ दर्ता गराएका छन् । तर, अधिकांश व्यवसायीको दर्ता आसन्न चुनावका उम्मेदवारका प्रतिनिधिले गरिदिएका थिए । खर्चस समेत उनीहरुले व्यहोरेका थिए ।

पुराना सदस्यले माघको दोस्रो सातादेखि नवीकरण सुरु गर्ने संघले अपेक्षा लिएको छ । अघिल्लो कार्यसमतिको निर्वाचनमा ८४ दशमलव ८ प्रतिशत मत खसेको थियो ।

फागुन १४ मा हुने चुनावमा अध्यक्षका लागि हालका वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने, महासचिव अर्जुनकुमार मैनाली, उपाध्यक्ष सञ्जीव घिमिरे र सचिव कृष्ण पौडेलको चर्चा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer