२०८१ बैशाख १७ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

धौलागिरी पारिजात सहकारीको नाफा साढे ३५ लाख


बिर्तामोड, पुस ६ । बिर्तामोडमा मुख्य कार्यालय रहेको धौलागिरी पारिजात बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले गत आर्थिक वर्षमा ३५ लाख ४९ हजार २४३ रुपैयाँ खुद नाफा कमाएको छ ।

संस्थाको आज बिर्तामोडमा सम्पन्न १६ औँ साधारणसभामा अध्यक्ष कृष्ण पौडेलले प्रस्तुत गरेको प्रतिवेदनअनुसार संस्थाको खुद नाफा अघिल्लो आर्थिक वर्षभन्दा आधा धेरैले घटेको छ ।

संस्थाको शेयर पुँजी पाँच करोड ७४ लाख ७९ हजार ४०० रुपैयाँ रहेको छ भने चालु आर्थिक वर्षमा ६ करोड १८ लाख रुपैयाँ पुर्याउने लक्ष्य लिइएको छ ।

संस्थाको बचत ३२ करोड ११ लाख ४१ हजार रुपैयाँ रहेकोमा चालु आर्थिक वर्षमा ३८ करोड ८१ लाख ५३ हजार पुर्याउने लक्ष्य लिइएको अध्यक्षको प्रतिवेशेदनमा उल्लेख छ ।

यसैबीच, साधारणसभाको अवसर पारेर संस्थाले ११ जना उत्कृष्ट बचतकर्ता र १० जना उत्कृष्ट ऋणी सदस्यलाई सम्मान गरेको छ ।
उत्कृष्ट बचतकर्तातर्फ उपेन्द्र शाह, अनिता श्रेष्ठ, श्यामकुमार तामाङ, कल्पना बस्नेत, निशान तामाङ, तिलमाया पौडेल, इन्दिरा घिमिरे, अस्मिता सिग्देल, दिपा गड्तौला, भक्तबहादुर सुनुवार र कमला प्रधान रहेका छन् ।

त्यततै, उत्कृष्ट ऋणतर्फ लक्ष्मी श्रेष्ठ, निरबहादुर थापा मगर, नरेन्द्रकुमार लिम्बू, नेत्रबहादुर विश्वकर्मा, तर्कराज लिम्बू, दिपक शिवाकोटी, अञ्जु गुरुङ, बेगम कार्की, चन्द्रकला बर्देवा र हरि श्रेष्ठ रहेका छन् ।

त्यस्तै, संस्थाले उत्कृष्ट सेवाकेन्द्रको रुपमा अर्जुनधाराको सिस्ने सेवाकेन्द्रलाई पुरस्कृत गरेको छ । कर्मचारीतर्फ उत्कृष्ट सेवाकेन्द्र प्रमुख सिस्नेका मनिष आचार्य, बिर्तामोडकी सकुन्तला चौधरी, गोलधापकी तारादेवी ढकाल, जयपुरकी नर्वदा खड्का र उषादेवी राईलाई नगदसहित सम्मान गरिएको थियो ।

गत असार मसान्तसम्म १२ हजार ७९५ शेयर सदस्य रहेको संस्थाले विभिन्न नौवटा सेवाकेन्द्रमार्फत कारोबार गर्नुका साथै बचत तथा ऋण, सुपथ मूल्यको कृषि सहकारी पसल र डिपार्टमेन्टल स्टोर सञ्चालन गर्दै आएको छ ।

संस्थाका अध्यक्ष कृष्ण पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि बिर्तामोडका नगर सहकारी अधिकृत डिल्ली दाहाल, हल्दिबारीका पूर्वजनप्रतिनिधि त्रिलोचन सापकोटा लगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन सचिव किशोर भट्टराईले गरेका थिए ।

यसैबीच, संस्थाको दुई दिनअघि सर्वसम्मत निर्वाचित पदाधिकारी, सदस्य तथा लेखा सुपरीवेक्षण समितिको पद हस्तान्तरण पनि साधारणसभाकै अवसरमा गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer