२०८१ बैशाख १७ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडमा एक महिने जुत्ता-चप्पल महोत्सव हुने


बिर्तामोड, पुस ८ । झापाको बिर्तामोडमा कोशी प्रदेशमै पहिलोपटक एक महिने जुत्ता-चप्पल महोत्सव हुने भएको छ ।

‘स्वदेशी उत्पादन प्रवर्धन हाम्रो अभियान’ भन्ने मुल नाराका साथ भोलि पुस ९ गतेदेखि माघ ९ गतेसम्म कोशी प्रदेशस्तरीय ‘प्रथम बिर्तामोड जुत्ता चप्पल व्यापार महोत्सव २०८०’ आयोजना गर्न लागिएको हो ।

बिर्तामोडस्थित सिटी सेन्टरमा हुने महोत्सवले स्वदेशी उत्पादन प्रयोगका लागि उपभोक्ताको रुचि जगाउने उद्देश्य राखिएको छ ।

बिर्तामोड सिटी सेन्टर इन्भेस्टमेन्ट प्रालिको आयोजना तथा नेपाली जुत्ता उद्योगी समूहसँगको सहकार्यमा महोत्सवको आयोजना गरिएको हो । महोत्सवमा नेपालका आठवटा कम्पनीले उत्पादन गरेका १५ भन्दा बढी ब्रान्ड राखिने भएको छ ।

महोत्सवमा नयाँ डिजाइनका आकर्षक जुत्ता चप्पल खरिदमा २० देखि ५० प्रतिशतसम्म छुटको ब्यवस्था रहने रन सुज इन्डस्ट्रिजका प्रबन्ध निर्देशक रुद्र न्यौपानेले बताए । उनका अनुसार मेलामा १५ सयदेखि ७ हजार मूल्यसम्मका जुत्ता चप्पल रहनेछ ।

नेपाली जुत्ता उद्योगी समूहले देशका ६ ठाउँमा जुत्ता महोत्सव सञ्चालन गरिसकेको छ । कोशी प्रदेशमा पहिलोपटक जुत्ता महोत्सव आयोजना गरिएको प्रबन्ध निर्देशक न्यौपानेले बताए ।

महोत्सवमा रोयल सुज, बिएफ डियर हिल सुज, क्रसरोड सुज, फस्टवाक सुज, स्मार्ट सुज, डिजे सुज, टुरिस्ट सुज र रन सुज गरी आठवटा कम्पनीका ब्रान्डहरुको सहभागिता रहनेछ । मेलामा ३ हजारभन्दा बढी मोडल र डिजाइनका जुत्ताहरु उपलब्ध हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer