२०८१ बैशाख १७ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

झापमा कृषि फर्ममा आगलागी हुँदा ४० लाखभन्दा बढीको क्षति


बिर्तामोड, पुस ९ । झापा गाउँपालिकास्थित राइजिङ कृषि फर्ममा गए राति आगलागी भएको छ । आगलागीमा जिउँदो तीन हजार बोइलर कुखुरा, कुखुराको दाना र अन्य सरसामान जलेर नष्ट हुँदा अन्दाजी ४० लाख रुपैयाँभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ ।

झापा–६ स्थित युवा टोलमा खेम राई, देउमान गुरुङ, गणेश भट्टराई, मनमाया राई, सपना राई र अनिता राईको संयुक्त लगानीमा सञ्चालित राइजिङ कृषि फर्ममा आइतबार मध्यराति १२ बजे लागेको आगो अढाई घण्टापछि नियन्त्रणमा आएको थियो ।

शिवसताक्षी र बिर्तामोड नगरपालिकाको दमकल, सशस्त्र, नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको जनाइएको छ । सो कृषि फर्ममा कुखुरा पालन गरिएको प्रहरीले जनाएको छ ।

आगलागीबाट सिमेन्टको पिलर, टिनको छानो, तारजाली तथा टिनको बेराले बनाइएको कुखुरा फर्म जलेर पूर्ण रुपमा नष्ट भएको छ ।

कृषि बीमा समेत नभएको कुखुरा फर्ममा आगलागी हुँदा किसानहरू पीडामा छन् । ‘मध्यरात हुँदा कुखुरा फर्ममा आगलागी भएको थाहा नै पाइन, कुखुराहरू कराउन थालेपछि बाहिर निस्किएर हेर्दा फर्म जलिरहेको थियो’, स्थानीय प्रकाश राईले भने ।

विद्युत् सर्ट भएर आगो नलागेको र यो घटना कसैले जानीबुझी गराएको हुन सक्ने फर्मका सञ्चालक खेम राईको दाबी छ । यद्यपि प्रहरीले घटनाका बारेमा अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer