२०८१ बैशाख २२ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडमा व्यवसायीको चुनावः मैनालीद्वारा अध्यक्षमा उम्मेदवारी घोषणा


बिर्तामोड, पुस ११ । बिर्तामोड उद्योग वाणिज्य संघको आसन्न निर्वाचनका लागि अध्यक्ष पदमा अर्जुनकुमार मैनालीलाई उम्मेदवारको रुपमा घोषणा गरिएको छ । मैनाली संघका वर्तमान महासचिव हुन् ।

नेपाल उद्योग तथा व्यवसायी महासंघ बिर्तामोड नगर कमिटीले आज बृहत विस्तारित भेलाको आयोजना गरेर अध्यक्षको उम्मेदवार घोषणा गरेको हो ।

पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा उम्मेदवार घोषणा गरिएको हो । अध्यक्षका उम्मेदवार मैनालीले व्यवसायीको हितमा काम गरेर वाणिज्य संघप्रति विश्वासको वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

अघिल्लो चुनावमा महासचिवमा संयुक्त प्यानलका अर्जुनकुमार मैनालीले लोकतान्त्रिकका रविन्द्र भट्टराईललाई २६ मतले पराजित गरेका थिए । मैनालीले एक हजार ८४३ मत प्राप्त गरेका थिए ।

संघको निर्वाचन फागुन १४ गते हुने भएको छ । संघमा यो चुनावमा ६ हजार मतदाता हुने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer