२०८१ बैशाख २३ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

एक्सेल डेभलपमेन्ट बैंकले दियो झापा ट्राफिक प्रहरीलाई ‘ट्राफिक पोल’


बिर्तामोड, पुस १२ । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले जिल्ला ट्राफिक प्रहरी कार्यालय झापालाई संकेतिक सन्देशमुलक बोर्ड र आठवटा ट्राफिक पोल हस्तान्तरण गरेको छ ।

बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले आज एक कार्यक्रमका बीच बिर्तामोडभित्रका सडकहरुमा ट्राफिक जनचेतनाका लागि उपयोगी सामग्री हस्तान्तरण गरेको हो ।

सवारी साधन चापका कारण हाल ट्राफिक व्यवस्थापन र सडक दुर्घटना बढ्दै गएकाले दुर्घटना न्यूनीकरण तथा ट्राफिक सचेतनाका लागि ती सामग्री प्रदान गरिएको बैंकले जनाएको छ ।

कार्यक्रममा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत लेखराज कार्कीले जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक नवराज न्यौपानेलाई ट्राफिक पोलहरु हस्तान्तरण गरेका थिए ।

प्रहरी निरीक्षक न्यौपानले बैंकले प्रदान गरेको ट्राफिक पोलहरुले जनचेतना फैलाउने, ट्राफिक नियमको पालना गर्न सहयोग तथा ट्राफिक जाम तथा दुर्घटना न्यूनीकरण गर्न सहयोग पु-याउने  बताए ।

कार्यक्रममा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत कार्कीले जिल्ला ट्राफिक प्रहरी कार्यालय झापालाई सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे ।

बैंकले स्थापना कालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न सामाजिक कार्यहरुमा सहयोग गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer