२०८१ बैशाख २३ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडको रिद्धिसिद्धि भेनियर प्लाइ फ्याक्ट्रीमा आगलागी


बिर्तामोड, पुस १३ । झापाको बिर्तामोड ३ सूर्यनगर टोलमा रहेको रिद्धिसिद्धि भेनियर प्लाइ फ्याक्ट्रीमा आज बिहान आगलागी भएको छ ।

अनुप अग्रवालले सञ्चालन गरेको सो प्लाइ फ्याक्ट्रीनजिकै साइडमा प्लाई बनाउन प्रयोग हुने कच्चा पदार्थ भेनियर राखेको ठाउँमा बिहान ४ बजे अचानक आगलागी भएको हो । आगलागीबाट अन्दाजी ३ तीन लाख रुपैयाँबराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोली, बिर्तामोड नगरपालिकाको दमकल, बिर्तामोड नगरपालिकाको ट्यांकर, मेचीनगर नगरपालिकाको दमकल र स्थानीयहरुको सहयोगमा अहिले बिहान सवा पाँच बजे आगो पूर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer