२०८१ बैशाख २३ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोड महोत्सवमा आज एकदेव लिम्बू आउँदै


बिर्तामोड, पुस १३ । बिर्तामोड महोत्सव २०८० मा आज साँझ प्रस्तुति दिन गायक एकदेव लिम्बू आउने भएका छन् ।

पछिल्लो समय युवापुस्तामाझ अत्यधिक रुचाइएका इलाम आमचोकका गायक लिम्बूले आज साँझ स्टेज तताउने महोत्सवका व्यवस्थापक डिल्ली दाहालले जानकारी दिए ।

ब्यान्डसहित आउने लिम्बूले अत्यधिक रुचाइएको तिम्रो मुटुमा, आ है बाहाना, किन बोल्दिनौँ, फिजेको केश जस्ता दर्जनौँ लोकप्रिय गीतहरु प्रस्तुत गर्ने छन् ।

बिर्तामोडस्थित चारपानेरोड रामचोकमा बिर्तामोड अपांगता स्वालम्बन संस्थाको आयोजनामा महोत्सव सञ्चालन भइरहेको छ ।

महोत्सवका व्यवस्थापक डिल्ली दाहालका अनुसार कृषि, पर्यटन, सांस्कृतिक तथा व्यापार प्रवर्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो । महोत्सवमा फुड फेस्टिवल समेत चलिरहेको छ ।

पर्यटन प्रर्द्धनको माध्यमबाट बिर्तामोडको आर्थिक तथा सामाजिक विकासमा योगदान गर्ने महोत्सवले लक्ष्य लिएको दाहालले बताए । महोत्सवअन्तर्गत प्रत्येक दिन साँझमा राष्ट्रिय कलाकारहरुको सांगीतिक प्रस्तुति रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer