२०८१ जेठ ४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

कर्णाली साकोसको निर्वाचन स्थगित, सहमतिपछि अर्को मिति तोकिने


बिर्तामोड, पुस १३ । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको निर्वाचन स्थगित भएको छ ।

कोशी प्रदेश सहकारी रजिस्टार तथा प्रशिक्षण कार्यालयले अर्को निर्वाचनको कार्यक्रम पुनः प्रकाशित गरेर मात्र निर्वाचन गर्न कर्णाली साकोसलाई निर्देशन दिएको छ ।

निर्वाचन स्थगित भएको सम्बन्धमा कर्णालीका सूचना अधिकारी चिदानन्द सुवेदीले पुष्टि गरे । आज पुस १३ गते हुने भनिएको निर्वाचन केही समयपछि हुने सुवेदीले जानकारी दिए ।

कर्णालीका शेयर सदस्य किरण पाण्डेसहित २७ जना शेयर सदस्यले प्रदेश सहकारी रजिस्टार तथा प्रशिक्षण कार्यालयमा आसन्न सञ्चालक समितिको निर्वाचन नियमविपरीत भएको भन्दै स्थागन गर्न माग गरेका थिए ।

कार्यालयले निकालेको सूचनामा भनिएको छ, सञ्चालक समितिको निर्वाचन शेयर सदस्यहरुबाट प्रजातान्त्रिक प्रक्रियाबाट हुनुपर्नेमा सोको अधिकारबाट शेयर सदस्यलाई बञ्चित गरी निर्वाचनका कार्यक्रम सम्पन्न गर्न लागिएको भन्ने निवेदन दिनु भएकोमा सो सम्बन्धका सहकारी मूल्य, मान्यता, सिद्धान्त, सहकारी ऐन, नियम र संस्थाको विनियमअनुसार नभएकोले पुनः अर्को निर्वाचन कार्यक्रम प्रकाशन गरी निर्वाचन हुने जानकारी गराइन्छ ।

कर्णालीका सूचना अधिकारी सुवेदीका अनुसार निर्वाचनका सबै प्रक्रिया पूरा भए पनि निवेदन परेकाले अब दुईपक्षबीचको सहमतिपछि निर्वाचन कार्यक्रम अघि बढ्नेछ ।

कर्णालीमा मंसिर मसान्तसम्म ५५ हजार ३१९ शेयर सदस्य छन् । ४२ वटा सेवाकेन्द्र रहेको संस्थाको शेयर पुँजी ५० करोड चार लाख ७५ हजार ६०० रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer