२०८१ बैशाख २३ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

झापाली निर्माता न्यौपानेद्वारा एक्सन फिल्म ‘रक्तबीज’ निर्माणको घोषणा


बिर्तामोड, पुस १३ । झापा बिर्तामोडका फिल्म निर्माता सञ्जय न्यौपानेले सौगात मल्ल र प्रमोद अग्रहरिलाई शीर्ष भूमिकामा लिएर फिल्म ‘रक्तबीज’ निर्माणको घोषणा गरेका छन् ।

न्यौपानेले शुक्रबार थिम पोस्टर सार्वजनिक गर्दै फिल्मबारे जानकारी दिएका हुन् । फिल्ममा कथा, पटकथा तथा सम्वाद प्रदीप भारद्वाजको रहनेछ ।

न्यौपानेले यसअघि ‘प्रेम दिवस’ फिल्म बनाएका थिए । यो फिल्ममा सौगात र प्रमोदसहित विशाल खरेल पनि देखिँदैछन् । खरेलले ‘प्रेम दिवस’ बाट अभिनय करिअर थालेका थिए ।

फिल्मको छायांकन २०८१ सालको असोजबाट गरिने निर्माता न्यौपानेले बताए । सञ्जय न्यौपाने प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्ममा अमेरिकाको एलए ग्रुप र कमल खतिवडाको पनि लगानी हुनेछ । राम्रो टिम र पटकथा भएकाले फिल्ममा लगानी गर्न तयार रहेको निर्माता न्यौपानेले बताए ।

अभिनेता मल्लले लेखक भारद्वाजले आफूलाई यसअघि नै कथा सुनाएको र मनपरेको बताए । अभिनेत्रीसहितका अन्य कलाकार भने चाँडै निधो हुने जनाइएको छ ।

‘डार्क एक्सन’ जनरामा फिल्म बन्नेछ । फिल्मलाई सौरभ लामाले खिच्नेछन् । पूर्वी नेपालको इलाम र झापामा फिल्म छायांकन हुने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer