२०८१ जेठ ४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

कनकाई–विर्ता–अर्जुन नविकरणीय ऊर्जामा फोहोर पृथकीकरण सुरु


बिर्तामोड, पुस १४ । झापा कनकाईमा रहेको कनकाई–विर्ता–अर्जुन नविकरणीय ऊर्जा तथा फोहोर मैला व्यवस्थापन कम्पनीले फोहोर पृथकीकरण सुरु गरेको छ ।

बायोग्यास उत्पादनका लागि सुरु गरिएको यस कम्पनीले कुहिने र नकुहिने फोहोरको पृथकीकरण सुरु गरेको हो । पृथकीकरण परीक्षणका रुपमा सुरु गरिएको कम्पनीले जनाएको छ ।

कनकाई नगरप्रमुख राजेन्द्रकुमार पोखरेल, बिर्तामोड नगरप्रमुख पवित्रा महतारा प्रसाईं, अर्जुनधारा उपप्रमुख खड्गमाया पराजुली र कनकाई उपप्रमुख आशा शर्माले संयुक्त रुपमा पृथकीकरण मेसिनको बटम थिचेर परीक्षण कार्यको उद्घाटन गरेका थिए ।

अबको डेढ महिनाभित्रमा तीनैवटा पालिकाको फोहोर व्यवस्थापन हुने कम्पनीका मेकानिकल कन्सल्टेन्ट इन्जिनियर मोहम्मद नसिम अलीले जानकारी दिए ।

बिर्तामोड नगरप्रमुख पवित्रा महतारा प्रसाईंले प्लान्ट पूर्ण रुपमा सञ्चालनमा आएपछि फोहोर व्यवस्थापनमा सहज हुने बताइन् । हाल बिर्तामोडको कृषिथोक बजारबाट निस्किएको फाहोर मात्रै प्लान्टमा गइरहेको र अब बाँकी फोहोर पनि चाँडै पठाइने प्रसाईंले जानकारी दिइन् ।

पृथकीकरण मेसिनको औपचारिक उद्घाटन आगामी सोमबार गरिने कम्पनीका अध्यक्ष मदनगोपाल सुब्बाले जानकारी दिए । पृथकीकरण परीक्षण कार्य उद्घाटनमा कनकाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमाल, कम्पनीका वोर्ड सदस्य मिनाल तिम्सिनाको पनि उपस्थिति रहेको थियो ।

कनकाई, बिर्तामोड, अर्जुनधारा नगरपालिका, दातृ निकाय र स्थानीय नागरिकसमेतको यो परियोजना २२ करोड रुपैयाँ लगानीमा फोहोर मैलाको दिगो व्यवस्थापनका लागि ग्यास प्लान्ट निर्माण गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer