२०८१ जेठ ४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

झापाका कराते रेफ्रीलाई दुई दिने प्रशिक्षण


बिर्तामोड, पुस १५ । काठमाडौँमा हुने राष्ट्रिय रेफ्री परीक्षामा सहभागी हुन जाने झापाका कराते रेफ्रीहरुलाई दुई दिने प्रशिक्षण दिइएको छ ।

झापाका रेफ्रीहरुलाई अब्बल बनाउन भद्रपुरस्थित मेची रंगशालाको कभर्डहलमा जिल्लास्तरीय रेफ्री सेमिनार कार्यक्रमको आयोजना गरिएको झापा जिल्ला कराते महासंघका अध्यक्ष जगन कार्कीले जानकारी दिए ।

यही माघ २,३ र ४ गते हुने राष्ट्रिय रेफ्री परीक्षामा सहभाग् हुने ४० जना कराते रेफ्रीहरु सेमिनारमा सहभागी थिए । रेफ्री कमिसन झापाको आयोजनामा भएको कार्यक्रमको समन्वय महासंघ र झापा जिल्ला खेलकुद विकास समितिले गरेको थियो ।

एक कार्यक्रमका बीच झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारीले सेमिनारमा सहभागी रेफ्रीहरुलाई शुभकामना दिए । करातेका अन्तर्राष्ट्रिय रेफ्रीसमेत रहेका भण्डारीले अन्य जिल्लाभन्दा झापाका रेफ्री उत्कृष्ट रहेको बताए ।

कार्यक्रमकै बीच अध्यक्ष भण्डारीले जिल्ला खेलकुद समितिको परिसरको भवनमा रहेको कराते महासंघको जिल्ला कार्यालयको उद्घाटन गरे । उद्घाटनसँगै कार्यालय सञ्चालनमा आएको कार्कीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer