२०८१ जेठ ४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

राष्ट्रिय हक्की प्रतियोगितामा बिर्तामोड उपविजेता


बिर्तामोड, पुस १५ । झापा बिर्तामोडको टिम अन्तरनगरपालिका ५ एस राष्ट्रिय हक्की प्रतियोगितामा उपविजेतामा रोकिएको छ ।

मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा बृहत खेलकुद तथा व्यापार महोत्सवअन्तर्गत हेटौँडामा भएको हक्की प्रतियोगिता बिर्तामोड उपविजेता बनेको झापा जिल्ला हक्की संघका अध्यक्ष मनोज बुढाथोकीले जानकारी दिए ।

हक्की खेललाई अगाडि बढाउने, हक्कीप्रतिको रुचि विकास गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा बिर्तामोड भीमदत्त नगरपालिकासँग २–१ अन्तरले हारेको हो ।

लिग चरणमा भने बिर्तामोडले भीमदत्तलाई ५–४ अन्तरले हराएको थियो । उपविजेता बनेको बिर्तामोडले नगद १५ हजार, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्यो ।

बिर्तामोडले सेमिफाइनलमा हुम्लाको सिमिकोट गाउँपालिकालाई ४–१ अन्तरले हराउँदै फाइनलको यात्रा तय गरेको बुढाथोकीले बताए । प्रतियोगितामा आठवटा टिम सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer