२०८१ जेठ ४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

साविक विजेता सुदूरलाई हराउँदै कोशी फाइनलमा


बिर्तामोड, पुस १६ । कोशी प्रदेश काठमाडौँमा जारी प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगिता दोस्रो क्वालिफायर खेलमा साविक विजेता सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले हराउँदै फाइनलमा पुगेको छ । कोशीले उपाधिको लागि नेपाल एपिएफ क्लबसँग खेल्नेछ ।

जितको लागि ८९ रनको मध्यम विजयी लक्ष्य पछ्याएको १३ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । कोशीको जितमा काजोल श्रेष्ठ ३५ बलमा ७ चौकासहित ३८ रनमा अविजित रहिन् ।

रुविना क्षेत्री बेलबासे २३ बलमा ७ चौका र १ छक्कासहित ३७ रनमा आउट भइन् । अप्सरी बेगम २१ बलमा २ चौकासहित १२ रनमा अविजित रहिन् । सुदूरको लागि लक्ष्मी साउदले एक मात्रै विकेट लिइन् ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ८८ रन बनाएको थियो । सुदूरको लागि सम्झना खड्काले २५ बलमा ४ चौकासहित २४ रन बनाएकी थिइन् । त्यो जितको लागि पर्याप्त हुन सकेन ।

ओपनर विन्दु रावल र रुवि पोद्दारले पहिलो विकेटका लागि ६.३ ओभरमा २६ रनको साझेदारी गर्दै मध्यम सुरुवात दिलाएका थिए । विन्दु रावल १८ बलमा ३ चौकासहित १७ रनमा रन आउट भएकी थिइन् ।

संगीताले रुवी पोद्दारलाई ७ रनमा एलबिडब्ल्यु आउट गरिन् । सबनम राईले १४ औँ ओभरको दोस्रो बलमा सम्झना खड्कालाई आउट गरेपछि सुदूर समस्यामा परेको थियो । सम्झना एज लागेर आउट भएकी थिइन् । संगीताले उत्कृष्ट टर्न गर्दै रेवती धामीलाई ७ रनमा एलबिडब्ल्यु आउट गरिन् ।

अनु कडायत र लक्ष्मी साउदले ७–७ रन बनाए । सावित्री धामीले २ र ऋतु कनौजिया शून्यमा आउट भइन् । कोशीको लागि संगीता राईले ४ ओभरमा १३ रन खर्चेर २ विकेट लिइन् । सबनम राई, एलिसा खडिया र निशा शाहले १–१ विकेट लिए ।

कोशीले बुधबार एपिएफसँग फाइनल खेल्नेछ । एपिएफ पहिलो क्वालिफायरमा कोशी प्रदेशलाई ५२ रनले हराउँदै फाइनलमा पुगेको थियो ।

सुदूरले एलिमिनेटर खेलमा बागमती प्रदेशलाई हराउँदै दोस्रो क्वालिफायर खेलेको थियो । यसअघि २०२० मा कोशीले एपिएफलाई हराउँदै उपाधि जितेको थियो । अन्य फाइनलमा कोशीले एपिएफलाई हराएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer