२०८१ जेठ ४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

जोरसिमल कपको उपाधि एनएफसी धुलाबारीलाई


मेचीनगर, पुस १६ । मेचीनगर–७ जोरसिमलको जोरसिमल कप २०८० को उपाधि एनएफसी धुलाबारीले उचालेको छ ।

आज भएको फाइनल खेलमा ब्रदर्श एफसी काँकरभिट्टालाई ४–२ गोल अन्तरले हराउँदै धुलाबारीले उपाधि रक्षा गरेको हो ।

उपाधिसँगै धुलाबारीले नगद ३० हजार, ट्रफी र मेडल पाएको छ । उपविजेतामा सीमित ब्रदर्शले नगद २० हजार, ट्रफी र मेडलमा चित्त बुझायो ।

धुलाबारीका लागि सेवन थापा मगरले २ तथा आदित्य ढुंगेल र निरज कार्कीले एकएक गोल गरेका थिए । त्यस्तै, ब्रदर्शको तर्फबाट हेमन्त लिम्बूले २ गोल फर्काएका थिए ।

खेलको म्यान अफ दि म्याच आदित्य ढुंगेल भए । त्यस्तै, उत्कृष्ट गोलकिप्पर आकाश खड्का, उच्च गोलकर्ता सेवन थापा मगर, उत्कृष्ट डिफेन्डर एञ्जल गुरुङ, उदीयमान खेलाडी आयुर सिवा र जस्वन्त मेचे तथा सर्वोत्कृष्ट खेलाडी हेमन्त लिम्बू भएको प्रतियोगिताका संयोजक सञ्जय मेचेले जानकारी दिए ।

विजेता तथा उपविजेतालाई प्रमुख अतिथि मेचीनगरका नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामा, मेचीनगर ७ का वडा अध्यक्ष प्रल्हादमणि ओली लगायतले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा मेचीनगरका ११ वटा टिमहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer