२०८१ बैशाख १८ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

ढाका-सिलिगुढी-काठमाडौँ-ढाका बस सञ्चालनको तयारी


मेचीनगर, पुस १९ । बंगलादेशले नेपाल र भारतमा चाँडै बस सेवा सञ्चालनको गृहकार्य सुरु गरेको छ ।

ढाकाको ‘द डेली सन’ मा प्रकाशित खबरअनुसार बंगलादेश सडक यातायात निगम (बिआरटिसी) ले भारत र नेपालसँग चार नयाँ रुटमा अन्तर्राष्ट्रिय बस सञ्चालन गर्ने योजना बनाएको हो ।

अन्य यातायातका साधनको तुलनामा सस्तोमा बस यात्रा गर्ने यात्रुको चासो बढेकाले नेपालको पूर्वी नाकाबाट काठमाडौँसम्म बस सञ्चालनको तयारी गरिएको हो ।

काँकरभिट्टाबाट बंगलादेशको सिमाना करिब ४० किमि मात्रै छ  । बंगलादेशले ८१३ किमि दूरीको ढाका–काठमाडौँ अन्तर्राष्ट्रिय बस सेवा सञ्चालन तयारी तीव्र पारेको हो ।

बंगलादेश, भुटान, इन्डिया र नेपाल (बिबिआइएन) चार देशबीच सोझो बस सेवा सञ्चालनका लागि सन् २०१५ जुनमा ‘मोटर भेहिकल’ सम्झौता भएको थियो । तर, भुटानको संसद्ले सम्झौता अझै अनुमोदन गरेको छैन ।

यसअघि बंगलादेशले २०७५ बैशाख १२ मा ढाका–काठमाडौँ बस सेवा र ०७६ मंसिर २६–३० सम्म ढाका–दार्जिलिङ बसको परीक्षण यात्रा गरिसकेको छ ।

कोभिडपछि भारतले बंगलादेशसहित तेस्रो देशका नागरिकलाई सीमावर्ती पानीट्यांकी हुँदै नेपाल प्रवेशमा कडाइ गरेको छ । जसका कारण यो समस्या चाँडै सुल्झिने आशामा बंगलादेश रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer