२०८१ बैशाख १९ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडमा आदिवासी जनजाति पर्यटकीय महोत्सव हुने


बिर्तामोड, पुस १९ । झापाको बिर्तामोडमा माघ ९ गतेदेखि ३० गतेसम्म बिर्तामोड नगर पर्यटकीय दोस्रो महोत्सवको आयोजना हुने भएको छ ।

नेपाल आदिवासी जनजाति महासंघ बिर्तामोड नगर समन्वय परिषदको आयोजनामा महोत्सव आयोजना गर्न लागिएको आज आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ ।

आदिवासी जनजातिको मौलिक कला, संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको महासंघ बिर्तामोडका अध्यक्ष राजकुमार राजवंशीले जानकारी दिए ।

उनले महोत्सवले आदिवासी समुदायको कला संस्कृतिको जगेर्नाका साथै मौलिक खानपान र पहिरनको प्रवर्धनमा सहयोग पुग्ने बताए ।

अध्यक्ष राजवंशीले लोप हुँदै गएको कला, संस्कृति र पहिचानको संरक्षण नै महोत्सवको मुख्य उद्देश्य भएको बताए । धर्मकाँटा रोडको उत्तर भागमा महोत्सव आयोजना हुने भएको छ ।

१५० स्टल रहने महोत्सवमा जातीय कला, संस्कृतिको प्रदर्शनीसँगै मनोरञ्जन र हरेक दिन राष्ट्रिय कलाकारको प्रस्तुति रहनेछ । २२ दिनसम्म चल्ने महोत्सवभित्र हरेक समुदायको एकएक स्टल रहनेछन् ।

महासंघका उपाध्यक्ष दिपेन्द्र चौधरीले हरेक दिन आदिवासी, जनजाति समुदायको कला, संस्कृतिसँगै खानपान र पहिरनको प्रदर्शनी रहने जानकारी दिए ।

नयाँ पिँढीलाई आफ्नो समुदायको कला, संस्कृति, भेषभुषाबारे जानकारी दिन पनि महोत्सव प्रभावकारी हुने विश्वास गरिएको छ । महोत्सवमा सयपत्री इन्टरटेन्मेन्ट प्रालि दमकको व्यवस्थापकीय भुमिका रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer